शनिबार, बैशाख ८, २०८१

दरबार हत्याकाण्डको १८ वर्ष:हत्याकाण्ड नसुल्झिएको रहस्यका रुपमा तथ्य  र हत्यारा अझै गुमनाम

काठमाडौं जेठ १९ , आज जेठ १९ अर्थात २०५८ साल जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको कहालीलाग्दो दिन व्यतित भएको आज १८ वर्ष वितेको छ ।  १८ वर्ष व्यतिति भइसक्दा पनि जनताको जनप्रिय राजा विरेन्द्रको वंश विनास भएको दरबार हत्याकाण्डको त्यो कहालीलाग्दो एवम रहस्य अझै गर्भमै रहेको छ । जुन हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जना सदस्यत्रलमस रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको को हत्या भएको थियो ।

यद्यपी हत्याकाण्डका विषयमा तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र प्रतिनिधिसभाका सभामुख तारानाथ रानाभाट सदस्य रहेको छानबिन समितिले छानबिन गरे पनि त्यसले हत्याकाण्डको वास्तविक विवरण भन्दै समितिले तत्कालीन युवराज दीपेन्द्र नै घटनाको मुख्य दोषी भएको किटान गरे पनि समितिको प्रतिवेदन मान्न आम नेपाली तयार हुन नसकेको अवस्थाका कारण रहस्य रहस्यकै प्रारुपमा विगत देखि वर्तमान सम्म कायमनै रहेको छ ।

यसवीचमा मुलुकमा लोकतान्त्रिक सरकार गठन भएपनि गठन भएका कुनै पनि सरकारले राजदवार घटनाको वास्तविकता सार्वजनिक गर्ने रत्तिभर प्रयास गरेनन । यो त्रासदीपूर्ण घटनापछि मुलुकको राजनीतिले नया मोड लियो र यस वीचमा भएको जनआन्दोलन २०६२\६३ को सफलतासंगै नेपालबाट राजसंस्थाकै अन्त्य हुन पुग्यो । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले संग्राहालय बनाइएको छ । घटनाको १८ वर्ष वित्दासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन ।

दरबार हत्याकाण्डका बेला तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हत्याकाण्ड नियोजित भएको आशय दिएपनि छानविन र कारवाहीको वातावरण बन्न सकेनन ।   त्यसपछि  तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०६५ साल फागुन १५ गते हत्याकाण्डको पर्दाफास गर्ने घोषणा गरे पनि त्यो पनि कार्यान्वयन हुँन सकेनन ।

यसवीचमानै मुलुकको कार्यकारी प्रधानमन्त्रीको कुर्सीमा आसिन नेकपा अध्यक्ष केपी ओलीले हत्यारा पत्ता लगाइ कारावाही गर्ने प्रतिबद्धता जनाएपनि उहाँले आफ्नो भनाईलाई कार्यान्वयनमा ल्याउन सकेनन त्यसपछि  प्रस्तुत प्रङगमा आफ्नो नजर अन्दाज सहितको मौनतालाइ कायमनै राखेका कारण दरवार हत्या काण्ड पछाडिका रहस्य अझैपनि नसुल्झिएको रहस्यका रुपमा गुमनामनै रहन पुगेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।