शुक्रबार, चैत्र १६, २०८०

ठूला दलको जनघाती कदम संगै राप्रपाको मुद्धाप्रति जनमत बढ्दै :  नेता थापा

राप्रपा संयुक्त परित्याग गर्दै काठमाडौका नेता खड्काको नेतृत्वमा ३ सय भन्दा बढी कार्यकर्ता राप्रपा प्रवेश

काठमाडौं असार १३,   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकका ठूला भनाउँदा दलले जनताको भावनामाथि एक पछि अर्को गर्दै श्रृखलावद्ध घात गरेसंगै आफ्नो पार्टीको मुद्धाप्रति जनताको चिन्ता र चासो बढ्दो रहेको बताउँनु भएको छ ।

नवप्रवेसी कार्यकर्ताको स्वागतमा आयोजित कार्यक्रममा वोल्दै नेता थापाले राप्रपाले विपीको विचार बोक्दा खुशी हुनुपर्नेमा सम्वद्ध पार्टीमात्र नभएर अप्रजातान्त्रिक पार्टीका नेताहरुलाइ समेत छटपटी भएको देख्दा आफुलाइ अचम्म लागेको बताउँनु भएको छ ।

साथै त्यस अवसरमा नेता थापाले राप्रपा संयुक्त परित्याग गर्दै राजनैतिक वृतमा विगत ३ दशक यता देखि सक्रिय रहदै काठमाडौं उपत्यकाको जिम्मेवारी सम्हाल्दै आएका जय कुमार खड्काको नेतृत्वमा पार्टी प्रवेश गरेका ३ सय भन्दा बढी कार्यकर्तालाइ स्वागत गर्नु भएको थियो । साथै उहाँले पार्टी प्रवेश गरको खड्का लगायतलाइ यथोचित जिम्मेवारी दिने बताउँदै उहाँले राप्रपा सयुक्तका नेतृत्व समेतलाइ पार्टी एकाकारको लागि आव्हान गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।