शुक्रबार, चैत्र १६, २०८०

जेठ ३२ बाट नेपालमा पनि विविध कार्यक्रम सहित अन्तराष्ट्रिय ओलम्पिक दिवस मनाइदै

काठमाडौं जेठ २९ अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपालमा पनि विविध कार्यक्रम आयोजना गरेर मनाईने भएको छ । नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै ओलम्पिक डे को अवसरमा १ सय १६ वटा कार्यक्रम आयोजना गरिने प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

आधुनिक ओलम्पिक स्थानमा भएको दिनको अवसर पारेर मनाउन थालिएको ओलम्पिक डे जुन २३ (असार ८ ) मा मनाउने गरिन्छ । नेपालमा जेठ ३२ गतेबाट असार ८ गतेसम्म विविध कार्यक्रम गरि मनाईने कमिसनले जनाएको छ ।

कमिसनले यसपटक सात प्रदेशसहित राष्ट्रिय खेलकुद, विभिन्न विधालय, विभागीय क्लब आर्मी, पुलिस र एपीएफमा १ सय १६ वटा कार्यक्रम गरेर मनाउने जनाएको छ । ओलम्पिक डे को पहिलो दिन जेठ ३२ गते साइकल र्‍याली आयोजना गरिने । ३०० सय बढी सहभागी हुने र्‍याली एनओसी भवन सातदोबाटोबाट सुरु भएर भृकुटीमण्डप पुगेर सकिने कमिसनका अध्यक्ष बिष्णु गोपाल श्रेष्ठले जानकारी गराए ।

यस्तै अन्तिम दिन असार ८ गते लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा विविध कार्यक्रम गरेर समापन गरिने आयोजकले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।