बिहिबार, चैत्र १५, २०८०

जुम्ला मालपोतका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौ असार २ ,अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जुम्ला मालपोतका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेखभएअनुसार सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन अहम भूमिका खेलेको आरोपमा मालपोत कार्यालयका कार्यालय प्रमुखसहित १६ जनाविरुद्ध मुद्धा दायर गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा जुम्लाको गुठीचौरस्थित गुठीचौर भेडाबाख्रा फार्मको नाममा रहेको सरकारी जग्गा मालपोत कार्यालयका निमित्त प्रमुख गोविन्दप्रसाद न्यौपानेलगायत कर्मचारीले नापी कार्यालय र फार्मसँग मिलेर करीब ९३ हजार वर्गमिटर जग्गा आर्थिक अनियमितता सहित व्यक्तिको नाममा बाँडफाँट गरेको उल्लेख गरिएको छ । आरोप लागेको छ ।

साथै मुद्धा दायर गर्ने क्रमममा आयोगले निमित्त कार्यालय प्रमुख न्यौपाने , हाल मालपोत कार्यालय चाबहिलमा कार्यरत तत्कालीन खरिदार विजया शर्मा न्यौपाने र गुठीचौरका कार्यालय प्रमुख यमुनाकुमार श्रेष्ठले जनही रु ४५ लाख, अनियमितता गरेको उल्लेख गरिएको छ । त्यस्तै गरि विष्णु न्यौपानेले रु चार लाख ९५ हजार, देवेन्द्रप्रसाद उपाध्यायले रु एक लाख ९९ हजार, जानकीदत्त न्यौपानेले रु ३० हजार, गोमा न्यौपानेले रु पाँच लाख २७ हजार तथा केशवराज न्यौपानेले रु दुई लाख आर्थिक अनियमितता गरेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।