बिहिबार, चैत्र १५, २०८०

चालक अनुमतिपत्रको परीक्षा पास गराउँन घुस लिने विरुद्ध मुद्दा दायर

काठमाडौं असार ११ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रका लागि लिईएको परीक्षा उतीर्ण गराइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिने हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पोखराका द्वितीय अपरेटर कर्मचारी कुमार लामिछानेसहित चार जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अपरेटर लामिछाने र स्कुलका सञ्चालक काफ्लेले यातायात कार्यालयका खरिदार तिवारी र प्रसनी मल्लसँगको मिलेमतोमा सेवाग्राहीसँग रु ४० हजार घुस लिएको आरोपमा मुद्धा दायर गरिएका अन्य व्यक्ति क्रमस मेट्रो ड्राइभिङ स्कुलका सञ्चालक खगेन्द्रप्रसाद काफ्ले, यातायात कार्यालयका खरिदार सोमलाल तिवारी र जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक केशरबहादुर मल्ल रहेको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।