शनिबार, बैशाख ८, २०८१

घटनामा संलग्न कार्की पक्राउ परेसंगै सिरिञ्ज आक्रमण घटनाको पर्दाफास

आक्रमणमा सिरिञ्ज नभइ काँटी प्रयोग गर्ने गरेको जनाउ, थप अनुसन्धान जारी

काठमाडौ असार १३ केहि समययता राजधानीमा साँझ अवेर आवतजावत गर्दा त्रासको वातावरण सिर्जना गर्दै आइरहेको सिरिञ्ज आतंकको पर्दाफास भएको छ प्रस्तुत आतंकका कारण पछिल्लो केही सातायता महिला दिदिवहिनी साँझ घर आसपासका क्षेत्रमा आवत जावत गर्न समेत डर मान्ने अवस्था सिर्जना भएको थियो । अझ सामाजिक सञ्जालमा सिरिञ्ज आक्रमणको चर्चा चुलिएसंगै स्थिती झन भयावह भएको थियो ।

तर नेपाल प्रहरीले सिरिञ्ज आक्रमण प्रकरणलाइ सुक्ष्म अनुसन्धान गर्दै प्रस्तुत घटनामा संलग्न रामेछाप घर भई हाल नैकाप बस्ने ३० वर्षीय सन्तोष कार्की बा ४७ प १३३१ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेसंगै घटनामा सिरिञ्जको प्रयोग नभएको थप पुष्टि गर्दै महानगरीय प्रहरी परिसर काठमाडौले तमाम जनमानसलाइ आतंकित नहुन आग्रह गरेको छ ।  परिसरले  गएराति साढे १२ बजे महाराजगञ्जको भाटभटेनी नजिकबाट निज कार्कीलाइ पक्राउ गरिएको बुझिएको छ ।  पक्राउ परेका कार्कीको सावीकी स्वीकारोक्ति बयान सहित निजले सिरिञ्ज नभइ फलामको काँटी प्रयोग गर्ने गरेको जनाएको छ ।

यद्यपी प्रहरीले कार्की ले किन यस किसिमको कामकारावही गरेको सो सम्बन्धमf थप अनुसन्धान जारी रहेको जनाउँदै अहिलेसम्म ४ वटा घटनाको उजुरी परिसरमा परेको छ । अन्य घटनाको अनुसन्धान जारी छ । सबै घटनामा कार्की नै संलग्न रहेको हुन सक्ने बताएको छ ।

त्यस्तै प्रस्तुत घटना ढल्कु, पक्नाजोल, विष्णुमती कोरिडोरको स्वयम्भू र सोह्रखुट्टे क्षेत्रमा घटेको र घटना सम्बन्धमा प्राप्त जाहेरी अनुरुप कुनै व्यक्ति मोटरसाइकलमा आउने, छुँलाछुँलाजस्तो गरेर जाने र महिलालाई चसक्क भएर शरीरमा केही घोपेजस्तो फरार हुने गरेको बताएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।