शनिबार, बैशाख ८, २०८१

गुठी विधेयक विरुद्ध सडक देखि सदन सम्म् विरोध , विधेयक सरकारी अराजकताको पराकाष्ठा 

विधेयक किमार्थ स्वीकार्य हुन नसक्नेमा सरोकारवालाको जोड,  विधेयक फिर्ता नभए टोलटोलमा आन्दोलन

काठमाडौ जेठ २७ , सरकारले सम्वद्ध एवम सरोकारवालासंग कुनै औपचारिक वा अनौपचारिक परामर्शनगरी एकतर्फीरुपमा ल्याएको गुठी सम्बन्धि कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ स्वीकार्य नभएका भन्दै विधेयकको विरुद्ध राजधानीमा सम्वद्ध एवम सरोकारवालाले आइतवार गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएसंगै सम्वद्ध समुह थप आन्दोलित भएको  छ ।


सम्वद्ध एवम सरोकारवालासंगै नागरिक समाज समेतले नयाँ गुठी विधेयकले राष्ट्रिय स्वाधिनता नै खतरामा पार्ने बताउँदै प्रस्तुत विधेयक
सरकारको अराजकताको पराकाष्ठा भएको बताएका छन ।

सोमबार राजधानीको अतिव्यस्त बजार इन्द्रचोकमा आयोजित विरोधसभामा बोल्नेहरुले प्राय सवै वक्ताहरुले सरकार एकपछि अर्को गर्दै अराजकतामा उत्रेको बताउँदै गुठी विधेयक सनातनकालदेखि चल्दै आएके धर्म–संस्कृतिमाथिको चरम प्रहार भएको बताक छन ।

त्यस्तै वक्ताहरुले मौलिक धर्म र संस्कृति तथा राष्ट्रिय स्वाधिनता रक्षाका लागि सबै एक हुनुपर्ने भन्दै वक्ताहरुले विधेयक खारेज नगरेसम्म सांस्कृतिक आन्दोलन जारी राख्ने चेतावनी समेत दिदै सरकारले गुठी विधेयक तत्काल फिर्ता नलिए टोल–टोलबाट संघर्षको उद्घोष गर्ने चेतावनी दिएका छन ।

यसैवीच प्रतिनिधिसभाको आज बसेको बैठकमा सत्ता र प्रतिपक्षका सांसदले सरकारले संसद्मा दर्ता गराएको गुठी विधेयकको विरोध गर्दै फिर्ता लिन माग गरेका छन ।

सभामुख कृष्णबहादुर महराले सभाको आजको बैठक शुरु गर्ने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरूले आइतबार माइतीघरमा शान्तिपूर्ण विरोध गर्दा गुठियारमाथि भएको दमनको विरोध गर्दै आफ्ना आसनबाट उठेर विरोधजनाएको थियो ।त्यसपछि सभामुख महराले काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणलाई बोल्ने समय दिनुभएको समयमा बोल्दै उहाँले प्रमुख सचेतक खाँणले आइतबार माइतीघर मण्डलामा धर्म संस्कृतिको संरक्षणको माग गर्दै संविधानबमोजिम शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने अधिकारमाथि प्रहार न्यायोचित नभएको बताउँनु भएको छ ।

तर सरोकारवाला मन्त्रालयको जिम्मेवारीमा रहनु भएका भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले राष्ट्रिय सभाको आजको बैठकमा आफ्नो धारण राख्ने क्रममा नेपालको धर्म, संस्कृति, परम्परा र मौलिकतालाई जोगाउने गरी नै गुठी विधेयक ल्याइएको बताउँदै गुठी विधेयक संविधानको प्रतिकूल होइन, अनुकूल रहेको दावी गरेकी छिन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।