शुक्रबार, बैशाख ७, २०८१

गुठी विधेयक विरुद्ध काँग्रेस सडकमा, विधेयक फिर्ता नगरे आन्दोलनको राप र तापबाट धराशाही बनाउँने चेतावनी

गुठीको भोज खाएर, गुठीघरको छिँडीमा बहाल बसेर नेवारकै घर ज्वाइँ बनेकाहरुले होली वाइनको मातमा मुलुककै मौलिक पहिचान वोकेको गुठी मास्न लागि परेको काँग्रसको आरोप

काठमाडौ असार १,  मुलुकको परम्परागत धर्म, संस्कृति र परम्पराको नामेट गर्ने नियोजित सोच सहति सरकारले ल्याएको गुठी सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ किमार्थ स्वीकार गर्न नसक्ने र सरकारले जन भावनालाइ सम्बोधन गर्दै प्रस्तुत विधेयक फिर्ता नगरे सरकार विरुद्धको आन्दोलनलाइ निष्कर्षमा पुर्याउँन जुनसुकै मुल्य चुकाउँन पनि पछि नपर्ने काठमाडौं काँग्रेसका नेताहरुले सरकालाइ चेतावनी दिएका छन ।

मुलुकमा सनातन कालदेखि चल्दै आएको गुठी परम्परा र धर्म सस्कृती माथि नियोजित प्रहार गर्दै गुठी संस्थानलाई खारेज गरेर प्राधिकरण गठन गर्ने र प्राधिकरण मातहत देशभरका सबै गुठी ल्याउने आशय लगायतका प्रस्ताव सहितको प्रस्तुत विधेयक गत वैशाख १९ गते राष्ट्रियसभा सचिवालयमा भूमी व्यबस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले दर्ता गराएसंगै सम्वद्ध सरोकारवालाहरु आन्दोलित हुँदै आएको छ ।
यसैक्रममा आज संघीय ससदका प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसले सदन देखि सडकसम्म सरकारको अधिनायकवादी रवैयाको विरोध गर्ने क्रममा गुठी विधेयकविरुद्ध राजधानीको इन्द्रचोकमा काँग्रेस महानगर समितिद्दारा आयोजित विरोधसभामा वोल्ने सवै वक्ताहरुले सरकारले संस्कृति मास्ने षड्यन्त्र गरेको आरोप लगाउँदै सरकारले एकपछि अर्को गर्दै नेपाली जनताको भावनामाथि प्रहार गर्दै आएको अवस्थाकावीच सरकारलाइ पटकपटक सच्चिन आग्रह गर्दा समेत सच्चिनुको अलावा  झन बुरुक बुरुक भएको बताउँदै काँग्रेस बाध्य भएर सडकमा ओर्लनु परेको धारणा अभिव्यक्त गरेका छन ।

विरोधसभालाइ सम्बोधन गर्ने क्रममा गुठीको भोज खाएर, गुठीकै घरको छिँडीमा बहाल बसेर नेवारकै घर ज्वाइँ बनेकाहरुले होली वाइन’को मातमा मुलुककै मौलिक पहिचान वोकेको गुठी मास्न प्रस्तुत विधेयक ल्याएको आरोप लगाएका छन ।  त्यस्तै विरोधसभामा कांग्रेस नेता प्रकशमान सिंह भीमसेनदास प्रधान, राजन केसी, नवीन्द्रराज जोशीलगायतका नेताले सरकारले तत्काल विधेयक फिर्ता नगरे सरकारको सडक आन्दोलनबाटै दिन दिनगन्ती शुरु हुने बताउँदै जनविरोधी सरकारलाइ आन्दोलनको राप तापबाट  धराशाही बनाइने बताउँनु भएको छ ।

त्यस्तै कांग्रेस केन्द्रीय सदस्य गुठी विधेयक कुनैपनि अर्थमा न्योचित नभएको बताउँदै र प्रस्तुत विधेयकले सम्वद्ध एवम सरोकारवालाको मात्र नभइ समग्रमा नेपाली जनता भावना माथिको प्रहार भएको बतउँनु भएको छ ।  त्यस्तै उहाँले गुठी विधेयक पारित गरेर कार्यकर्तालाई गुठीको जग्गा बाँड्ने षडयन्त्रमा सरकार लागि परेको दाबी गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2019
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31