बिहिबार, बैशाख १३, २०८१

गुठी विधेयक दुई तिहाइको दम्भको उन्माद , फिर्ता नलिए सडक आन्दोलन : सासंद बडू

काठमाडौ असार २, प्रतिनिधिसभाको आजको बैठक आरम्भ भएको सभामुखले जनाउ दिएसंगै प्रतिनिधिसभाको आजको बैठकको शुरुआतमा प्रमुख प्रतिपक्षीदल काँग्रेसका सांसदहरुले आ आफ्नो सिटबाट उठेर विरोध जनाएको छ ।

काँग्रेस सासंदहरुको विरोध पछि सभामुख कृष्णबहादुर महराले काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडूलाइ वोल्न दिनु भएको समयमा सासंद बडूले गुठी विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गर्नु भएको छ ।

त्यस्तै उहाँले सरकारका प्रवक्ता समेत रहेका सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गुठी सामन्ती अवशेष भएको भन्दै विधेयक फिर्ता नलिने अभिव्यक्ति दिएकोमा आपत्ती प्रकट गर्दै दुई तिहाइको दम्भको उन्मादले सरकार धर्म, परम्परा, संस्कार, सम्पदा, संस्कृति र मौलिकता मास्न लागिपरेको आरोप लगाउँदै सरकारको अराजकताको दम्भ दिनानुदिन बढ्दो रहेको र सरकार समयमानै नसच्चिए काग्रेस सडकमा ओर्लनु पर्ने बाध्यता बन्ने बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।