बिहिबार, चैत्र १५, २०८०

गुठी विधेयक खारेजीको माग गर्दै राजधानीमा उर्लियो मानवसागर

 मन्त्रीद्दय वाँस्कोटा र अर्यालको वर्खास्ती सहित विधेयक फिर्ता होइन खारेज गर्नुपर्ने माग

काठमाडौ असार ४, गुठी विधेयक विरुद्ध सदन देखि सडकसम्म चर्किदो आन्दोलनका कारण सरकारले मंगलवार राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा गरे  पनि आन्दोलनकारीले विधेयक फिर्ता होइन खारेजीको माग गर्दै आज राजधानीको मण्डलामा वृहत खबरदारीसभा आयोजना गरेका छन् ।

खवरदारी सभामा वोल्ने अधिकास वक्ताले भूमि, व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले विधेयक फिर्ता लिइएको निर्णय सार्वजनिक गरेपनि विधेयक फिर्ता होइन खारेज हुनपर्ने माग गरेका छन ।

त्यस्तै मन्त्री अर्यालले नियोजित रुपमा केहि अदृश्य शक्तिले आफ्नो प्रभाव बढाउँनका लागि  जनसमुदायमा विधेयकको सवालमा भ्रम उत्पन्न गराउने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोसिस गरेको भन्ने अभिव्यक्ति त्यस्तै सरकारका प्रवक्ता समेत रहेको सञ्चारमन्त्री गोलुक वाँस्कोटाले गुठीलाइ सामन्तवादको अवशेष र गुठीयारलाइ

सामन्तीवादीको संज्ञा दिएकोमा समेत तिव्र आलोचना गर्दै मन्त्रीद्दयको भनाइ अतिरञ्जित भएको हामी कसैको वहकाउमा आन्दोलनमा होमिएको नभइ आज माइतिघर मण्डलामा उपस्थित यो जनसागर स्वस्फुर्त एवम सम्पदा प्रेमीको भएको भन्दै नागरिकको अपमान गर्ने मन्त्रीद्दयलाइ तत्काल वर्खास्त गर्न समेत माग गरेका छन । गुठी विधेयकमा नेवार समुदायले बढी चासो राखे पनि अन्य समुदायका व्यक्तिको पनि त्यतिकै सहभागीता सहितको ऐक्यबद्धता रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।