शनिबार, बैशाख ८, २०८१

काठमाडौको जिल्ला बार इकाइमा लोकतान्त्रिकको एकल बर्चश्व

काठमाडौ असार १४,  काठमाडौ अदालत जिल्ला बार एकाइको अध्यक्षमा लोकतान्त्रिक समूहका उम्मेदवार जगदीश घिमिरे विजयी हुनुभएको छ । घिमिरेले निकटम प्रतिस्पर्धी प्रगतिशील समूहका उम्मेदवार कुमार आचार्यलाइ ८ सय ९३को भारी मतान्तर पराजित गरेको हो ।
नव निर्वाचित अध्यक्षले १ हजार ३ मत प्राप्त गनुृ भएको निर्वाचन समतिले जनाएको छ ।

त्यस्तै अध्यक्षसहित पूरै प्यानल नै लोकतान्त्रिक समूहको निर्वाचित भएको जिल्ला बार एकाइकामा अन्य विजयी उम्मेदवार क्रमस उपाध्यक्षमा सुवोधबाबु चिलुवाल, सचिवमा दमनकुमार चन्द, सहसचिवमा लक्ष्मी सापकोटा (निर्विरोध), कोषाध्यक्षमा विश्वास आचार्य विजयी हुनुभएको छ भने

महिला सदस्यमा अञ्जना अर्याल र प्रमिला कायस्था निर्विरोध, खुला सदस्यमा अञ्जन धिताल, दिवाकरराज पाण्डे, ज्ञानेन्द्रप्रसाद दाहाल, राजुकुमार अधिकारी, जयबहादुर भुजेल (गणेश), विनु श्रेष्ठ, विश्वरमण सिंह, विष्णुप्रसाद ढकाल, वीरेन्द्र पाठक, वासुदेव रिजाल, डा शिवकुमार यादव र दीपेन्द्र अधिकारी विजयी हुनुभएको निर्वानच समितिले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।