बुधबार, बैशाख १२, २०८१

काङ्ग्रेसले आज जागरण अभियानको सुक्ष्म विश्लेषण गर्दै

काठमाडौ असार ११, नेपाली काङ्ग्रेसको गत वैशाख २५ मा प्रारम्भ भई जेठ २५ गते सम्पन्न भएको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेसको प्रथम चरणको राष्ट्रिय जागरण अभियानमा खटिएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधि र केन्द्रीय नेतृत्ववीच आज पार्टी मुख्यालयमा छलफल एवं अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापति समेतको उपस्थितीमा हुने प्रस्तुत अन्तरक्रिया कार्यक्रममा केन्द्रीय प्रतिनिधिहरूले आफूले तयार गरेको प्रतिवेदन र अनुभवका बारेमा केन्द्रीय नेतृत्वसँग छलफल हुँने बताईएको छ ।

त्यस्तै प्रस्तुत अभियानको दोस्रो चरण बिपी जयन्तीको अवसरमा आगामी भाद्र २४ गते प्रारम्भ भई असोज ७ गतेसम्म चल्ने र तेस्रो चरण आगामी पुस ७ गते प्रारम्भ भई पुस १६ गते मेलमिलाप दिवसमा समापन गर्ने काँग्रेसको तयारी रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।