बिहिबार, बैशाख १३, २०८१

काँग्रेसको जागरण -संगठन निर्माणको लागि नेतृत्वले कार्यकर्तामाझ प्रष्ट दृष्टिकोण प्रवाह गर्न सकेनन : विश्लेषक खडका

(ललितध्वज खड्का)

विश्लेषण टिप्पणी

काठमाडौं जेठ २६, संघीय ससंदका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गत बैशाख २५ वाट शुरु गरेको देशब्यापी जागरण अभियान पहिलो चरण शनिवारबाट समापन भएको छ ।

७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर एक महिने जागरण अभियान मार्फत देश, जनता र कार्यकर्तावृतमा नयाँ उर्जा जागृत गर्ने लक्ष्य निर्धारण गरेको काग्रेसको जागरण अभियानलाइ सुक्ष्म विश्लेषण गर्दै आइरहेका स्वतन्त्र पत्रकार तथा युवा राजनैतिक विश्लेषक ललितध्वज खड्का संग जागररण अभियानको सवालमा जिज्ञासा राख्दा उहाँले भने समग्रमा जागरण अभियान काँग्रेसको संगठनलाइ चुस्त दुरुस्त राख्न सघाउ पुग्ने अपेक्षा गरिएपछि आशातित रुपमा त्यो उपलब्धी पाउँन नसकेको बताउँनु भएको छ ।

साथै उहाँले जागरणको जागरणको अभियानको क्रममा काँग्रेस कार्यकर्तामा नेतृत्व प्रतिको गुनासो विद्यमान रहदै गर्दाको अवस्थाले गर्दा र नेतृत्वले कार्यकर्तामाझ गुटगत प्रभावका कारण पार्टीको प्रष्ट दृष्टिकोण प्रवाह गर्न नसक्दा अन्यौलको वातावरण देखिएको बताउँनु भयो । तथापी संगठनलाइ उर्जा शिल बनाउँने लक्ष्य निर्धारण गरिएपनि सरकारलाई गाली गर्नमै जागरण अभियान केन्द्रीत बनाइएका कारण नेतृत्व र कार्यकर्तावीच विद्यमान दुरी कायमनै रहेको दावी गर्नु भएको छ ।

त्यस्तै विश्लेषक खड्काका अनुसार जागरण भन्ने वित्तिकै कार्यकर्ता र नेतृत्ववीच घनिभुत अन्र्तक्रिया गर्दै कार्यकर्ताको यावत गुनासा सुन्दै नेतृत्वले कार्यकर्ता वृतमा आफु काँग्रेस कार्यकर्ता भएकोमा गौरव गर्न सक्ने वातावरणको निमौण गराउँदै तार्किक प्रारुपमा सरकारको गतल रवैया विरुद्ध अर्जुनदृष्टि निर्माण गराउँन सक्नु पर्ने हो तर त्यो हुन नसकेको जिकिर सहित प्रस्तुत अभियान कांग्रेसले आफ्नो संगठन निर्माणमा भन्दा पनि मा धेरै समय सरकारको विरोध भाषणमानै खर्चेको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।