शुक्रबार, चैत्र १६, २०८०

कलङ्की मालपोत नमूना मालपोत घोषित

काठमाडौं असार ४,  कलङ्कीस्थित मालपोत कार्यालयलाई नमूना मालपोत कार्यालय घोषणा गरिएको छ । प्रधानमन्त्री केपी ओलीले आज आयोजित एक कार्यक्रमकावीच मालपोत कार्यालयलाई नमूना मालपोत कार्यालय कलङ्कीलाइ नमूना मालपोत घोषणा गर्नुभएको   छ ।

त्यस्तै नमूना मालपोत घोषणा कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्ध मुलुक बनाउन जनसेवालाइ सहज बनाउँन आवश्यक रहेको बताउँदै  दिदै  सोहि अनुरुपको  सेवा सुविधा कायम गर्न   निर्देशन दिँदै मालपोत कार्यालयलाइ प्रविधि मैत्री बनाउँनुपर्नेमा जोड दिनुभएको छ।

त्यस्तै कार्यक्रममा भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्याल, मन्त्रालयका सचिव गोपीनाथ मैनाली भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि भुर्तेल लगायतले नमुना मालपोतको आवश्यकता औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा चन्द्रागिरी, दक्षिणकाली र किर्तिपुर नगरपालिकाका प्रमुखत्रय र नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन कलङ्की इकाइको समेत सहभागिता रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।