बिहिबार, बैशाख १३, २०८१

करिडोर निर्माणका लागि बालाजु गुरु नानक मठ परिसरको रुख काटियो

काठमाडौ जेठ २३,  उपत्यकामा बढ्दो ट्राफिक व्यवस्थाको चुनौतीलाइ सम्बोधन गर्नका लागि काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले बालाजु गुरु नानक मठ अगाडि करिडोर निर्माणका लागि रुख काटेर बाटो फराकिलो बनाएको छ ।

त्यस क्षेत्रमा करिडोरनिर्माण भएसंगै अब झोरदेखि बानियाटार, नयाँ बसपार्क, म्हैपी, बालाजु हुँदै शोभाभगवती हुँदै कालीमाटीसम्म सवारी साधनको सहज आवागमन हुने महाशाखाले जनाएको छ ।

यस्तै बढ्दो ट्राफिक व्यवस्थाको चुनौतीलाइ न्यूनिकरण गर्नकै लागि महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि सवारी साधनमा प्रदूषण चेकजाँच, जेब्राक्रसिङ निर्माण, चालकलाई सचेतनामूलक कक्षालगायतका कार्यक्रम सञ्चालन गरिरहेको जनाउँएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।