शुक्रबार, चैत्र १६, २०८०

एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र : राष्ट्रिय परीक्षा बोर्ड

भक्तपुर असार २,  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने अन्तिम तयारी भएको जनाएको छ । वोर्डका अनुसार यसवर्ष प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिला भएपनि परणाम प्रकाशनको समय सिमा दोस्रो साताभित्र हुने बताकेछ ।

त्यस्तै बोर्डका अनुसार गत चैत १० गतेबाट शुरु भएको एसइई परीक्षामा नियमिततर्फ चार लाख ७५ हजार परीक्षार्थी सहभागी रहेको र अहिले ति सहभागी परीक्षर्थीको उत्तरपुस्तिका परीक्षण सम्पन्न गरेर नम्बर इन्ट्रीको काम भइरहेको जनाउँदै छिटोमा असार १० गते ढिलोमा असार १४ गतेसम्म नतिजा सार्वजनिक गर्नेगरी कार्यसम्पादन भइरहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।