शुक्रबार, चैत्र १६, २०८०

आज देशका अधिकांश क्षेत्रमा अपरान्ह पछि मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं जेठ २२,  मौसम पूर्वानुमान महाशाखा आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार मध्य तथा पुर्वी भू–भागका केही स्थान र पश्चिमी पहाडी भू–भागका केही स्थानमा अपरान्ह पछि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना औल्याएको हो ।

त्यस्तै राति देशका अधिकांश स्थानहरूमा आंशिक बदली रही मध्य तथा पुर्वी भूभागका थोरै स्थानमा र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावनाको मौसम विज्ञान विभागले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।