शुक्रबार, बैशाख ७, २०८१

आज ज्येष्ठ शुक्ल षष्ठी अर्थात सिथि नखःपर्व मनाईदै

काठमाडौं जेठ २५, आज ज्येष्ठ शुक्ल षष्ठी अर्थात आजको दिन कुमारषष्ठी वा सिथि नखःपर्व मनाइने गरिन्छ । नेवार समुदायले  आजको दिनलाइ    सिथि नखः  भन्ने गर्दछन् ।

यस पर्वका सम्बन्धमा विभिन्न किंवदन्ती छन् । पर्व कहिलेदेखि सुरु भयो र यसको विशेषताका सम्बन्धमा केही ग्रन्थमायसरी उल्लेख गरेको पाइन्छ पौराणिक ग्रन्थमा ज्येष्ठ महिनाको शुक्ल पक्षको षष्ठीका दिन  भगवान् शिवजीका ज्येष्ठ पुत्र श्री कार्तिकेय कुमारको जन्म भएको हुँदा त्यस दिनलाई कुमारषष्ठी भन्न थालिएको हो । तिनै कार्तिकेय कुमारलाई नै नेवारहरू सिठी देवताको नामले पूजा गर्ने गर्छन् ।

काठमाडौँ उपत्यकामा सिठीपर्वको मूल विशेषता भनेको नै यसदिन विशेषतः विशेष छथरीका गेडागुडी मास, मुंगी केराउ अन्य गेडागुडीबाट बनाइएका रोटी बारा वः चढाउने गरिन्छ । परिवारका सदस्यहरू भेला भई यस दिन विशेष प्रसादस्वरूप बारा वः, चतामरी, समयबजि खानाकोरुपमा खाने गर्दछ ।

यसैवीच आजको दिन आफ्नो घर तथा त्यस वरपर क्षेत्रका इनार, कुवालगायत पानीका मुहानको सरसफाइ गर्ने गर्दछन् । पानीको स्रोतका रूपमा रहेका पधेँरा, इनार, तलाउ, कुवालगायतका स्थानमा पानीको समस्या नहोस् भनी वर्षमा एकपटक पूजा गरी सफा गर्ने परम्पराको विकास भएको जनविश्वास रहि आएको छ

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2019
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31