बुधबार, बैशाख १२, २०८१

अनलाइन पत्रकार संघको अध्यक्षमा पुनः सत्याल

काठमाडौं जेठ १८, अनलाइनपत्रकार संघको अध्यक्षमा शिवप्रसाद सत्याल पुनःचयनहुनुभएको छ । काठमाडौंमा शनिबार सम्पन्न संघको दशौँ साधारणसभाले सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरको हो ।

संघको उपाध्यक्षमा कान्तिपुरका विजयराज खनाल चयन हुनुभएको छ । यस्तै सचिवमा अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा, कोषाध्यक्षमा हाम्रा कुराडटकमका गोविन्दअधिकारी चुनिनु भएको हो ।

यस्तै सदस्यहरुमा सेतोपाटी डटकमका प्रकाश ढुंगाना, काठमाडौं खबर डटकमका चन्डिका गुरागाईं, अन्नपूर्णका निर्दोष घोरसाइने चयन हुनुभएको छ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।