शुक्रबार, साउन २३, २०७७
BigTop ताजा

दरवार र दासढुङ्गा हत्याकाण्ड जस्तै निर्मला हत्याकाण्ड पनि अझै रहस्यको गर्भमा

काठमाडौ असार १२,कञ्चनपुर, भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्याकाण्डको पर्दाफास आज हुन्छ भोली हुन्छ भन्दा भन्दै करिव १ वित्न लागिसक्यो, तर उनको बलात्कार पछि भएको निर्मम हत्याका रहस्य अझै गर्भ मै छ ।

दासढुङ्गा हत्याकाण्ड, दरवार हत्याकाण्डका हत्यारा जस्तै निर्वाद रुपमा एक वालिकाको बलात्कार र हत्या गर्दै निर्मला पन्तका हत्यारा पनि निर्वादरुपमा समाजमा चलखेल गर्दै आइरहेका छन । तर ति हत्यारा को हुन भन्ने पहिचान गर्दै कारवाही गर्न राज्यले कुनै तदारुकता आजको मितिसम्म देखाएको छैन । यद्यपी राज्य मातहतका प्रहरी प्रहरी संगठनले भने प्रस्तुत हत्याकाण्डको अलग अलग कोणबाट छानविन गरेपनि आजको मिति सम्म निर्मलाको बलात्कार र हत्या कसले ग-यो भन्ने ‘भेउ सम्म पाउँन सकेको छैन ।

यसवीचमा प्रहरीले किटानी जाहेरी परेका विरुद्धमाथिको  छानविन संगै शंकास्पद व्यक्तिको डिएनए परीक्षण गर्ने काम गरेपनि आजका मिति सम्म हत्यारको भेउ पाउँन नसक्नु आफैमा उदेक लाग्दो विषय हो ।  त्यसमाथि हत्यारालाइ कारवाहीको माग गर्दै  महेन्द्रनगरमा भएको  आन्दोलनको क्रममा शनी खुनाले समेत ज्यान गुमाए । तर त्यसपछिका समयक्रममा आन्दोलन पनि क्रमस सेलाउँदै गएको अवस्था छ । यसवीचमा आन्दोलनका लागि हौसिएका संघ संगठन मात्र नभइ सम्वद्ध पक्ष समेत तैँ चुप मैँ चुप बन्दै बसेका छन ।

यसवीचमा निर्मला हत्याकाण्डको सवालमा राज्य सरकार र समाजले यस्तै मौनता साध्ने हो भने भोलीका दिनमा अर्की निर्मला माथि पनि ति हत्याराले गिद्देदृष्टि नपर्ला भन्न नसकिने अवस्थाले जरो गाड्दै गएको अवस्थाले समाजलाइ थप आंतकित बनाएको अवस्थाबाट आफ्ना नागरिकलाइ राज्यले  सम्बोधन गर्ने हो वा दासढुङ्गा हत्याकाण्ड, दरवार हत्याकाण्डका हत्यारालाइ जस्तै स्वतन्त्र विचरण गर्ने अवसर दिने हो त्यो भने प्रतिक्षाको विषय भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2019
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31