आइतवार, कार्तिक ३, २०७६
BigTop ताजा

छेन्दु नगरको तर्फबाट काठमाडौ महानगरलाइ युरो ५ मापदण्डका २ थान ब्रुमर सहयोग

काठमाडौ असार १, चीनको छेन्दु नगरले काठमाडौं महानगरलाई सहयोग स्वरुप दिएको युरो ५ मापदण्डका २ थान ब्रुमर आज औपचारिक रुपमा महानगरलाई प्रदान गरिएको छ । राजधानीस्थित राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमकावीच छेन्दु नगरका उपप्रमुख निउ छिङ्पाओेले महानगरका मेयर बिद्यासुन्दर शाक्यलाई ब्रुमरको साँचो हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तै कार्यक्रममा वोल्दै प्रमुख शाक्यले छेन्दु नगरबाट उपहारस्वरुप ब्रुमरको सहयोगले काठमाडौंको वायु प्रदुषण नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले दुई नगरबीचको सिकाइबाट नगर र नगरबासीको समृद्धिमा योगदान पुग्ने आशा व्यक्त गर्दै सहरी आवश्यकता पूरा गर्ने गराउने क्रममा धेरै काम गर्नु पर्ने छ । ती कामलाई प्रभावकारी बनाउन छेन्दु नगरले दिएको उपहार उपयोग गरिन बताउँनु भएको छ

यसअघि छेन्दु नगरका उपप्रमुख छिङ्पाओ नेतृत्वको प्रतिनिधि मण्डलले महानगरकी उपप्रमुख खड्गी श्रेष्ठसँग शिष्टाचार भेट गरेको थियो । भेटका क्रममा आपसी साझा कार्यक्रम र नगरको अन्तरराष्ट्रिय सम्बन्धबाट नागरिकलाई लाभ दिने बिषयमा छलफल भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू