मङ्लबार, असार ३१, २०७६
BigTop ताजा

गुठी विधेयक खारेजीको माग गर्दै राजधानीमा अनिश्चितकालीन धर्ना

जनविरोधी सरकारविरुद्ध चर्का नारावाजी यत्र,तत्र, सर्वत्र प्रदर्शन

काठमाडौं जेठ ३२,  नेपालीको सनातन धर्म, धार्मिक निष्ठा र विश्वासको जग भत्काउँदै गुठीको सम्पत्ति भूमाफियाको स्वार्थमा परिचालन गर्ने अभिष्ट सहित सरकारले ल्याएको गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ खारेजीको माग गर्दै आजबाट राजधानीको बसन्तपुरस्थित शिवपार्वती मन्दिरमा अनिश्चितकालीन धर्ना शुरु भएको छ ।

पूर्व मन्त्री एवम नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको अगुवाइमा गठित गुठी विधेयक खारेजी अभियान’ले विधेयक खारेजीको माग गर्दै वसन्तपुरमा अनिश्चितकालीन धर्ना सुरु गरेको हो । त्यसक्रममा अभियानका संयोजक जोशीले गुठी विधेयकले धर्म, परम्परा र संस्कृतिमाथि निमर्म प्रहार गर्दै ऐतिहासिक सम्पदा सरकारले आफ्नो नियन्त्रणमा लिन खनेजेको आरोप लगाउँदै नेता जोशीले विधेयक खारेज नभएसम्म धर्ना जारी रहने बताउँनु भएको छ ।

त्यस्तै यसअघि आजै राजधानी बसन्तपुरबाट शुरु भएको ज्यापु महागुठीलगायतका विभिन्न संघ–संस्थाको प्रदर्शनमा सहाभागी प्रदर्शनकारीले सरकारले नियोजित रुपमा धार्मिक, सांस्कृतिक र परम्परामाथि हस्तक्षेप गरेको भन्दै विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिदै सरकारको यस्तै जनविरोधी गतिविधि विरुद्ध नारावाजी गरेका छन । वसन्तपुरबाट सुरु भएको विरोध प्रदर्शन न्यूरोड, टेकु, ठमेल, दरबारमार्ग, रत्नपार्क, शहिदगेट हुँदै पुनः बसन्तपुर पुगेर समापन भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू