सोमवार, अशोज १२, २०७७

आस्थाका आधारमा कर्मचारी माथि विभेद गरिएको काँग्रेस सभापति देउवाको आरोप

काठमाडौ असार १३,  स्थानीय तह कर्मचारी युनियन नेपालद्वारा यहाँ आज आयोजित ‘प्रथम राष्ट्रिय भेला एवं कार्यशाला गोष्ठीको औगचारिक उद्घाटनसत्रलाइ सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले यो वा त्यो नाममा कर्मचारीलाई दुःख दिन खोजेको आरोप लगाउँदै आस्थाका आधारमा कर्मचारीको सरुवा र बढुवा गर्ने गरेको बताउँनु भएको छ ।

त्यस्तै उहाँले कर्मचारी भनेको मुलुकको स्थायी सरकार भएका कारण कर्मचारी सरुवा र बढुवामा आस्थाको आधारमा भन्दा पनि कार्य सम्पादनको आधारमा हुनु पर्नेमा जोड दिदै भएको छ । साथ सरकारले लोकतन्त्रको मर्म र भावनाविपरीत प्रेस स्वतन्त्रता, मानव अधिकारमाथि निर्मम प्रहार गर्ने सोच सहित अनेकन विधेयक ल्याएको जिकिर गर्दै काँग्रेस सधै मानव अधिकार र प्रेस स्वतन्त्रताका पक्षमा अडिग रहने बताउँनु भएको छ ।

कार्यक्रममा नेता रामचन्द्र पौडेलले स्थानीय तहमा निजामती कर्मचारी र स्थानीय तहले भर्ना गरेका दुई खाले कर्मचारी राखेर सरकारले कर्मचारीमाथि विभेद गर्दै आएको बताउँनु भएको छ । त्यस्तै काङ्ग्रेसका नेता प्रकाशमान सिंहले शक्तिको उन्मादमा सरकारले सङ्घीयतालाइ जोखिममा पार्ने काम गर्दै आएको बताउँनु भएको उक्त कार्यक्रममा नेपाल ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष पुस्कर आचार्य ,नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)का अध्यक्ष गोपाल पोखरेल ,स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष नरबहादुर साउद महासचिव रामप्रसाद पौडेल लगायतले वोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ । 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2019
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31