मङ्लबार, असार ३१, २०७६
BigTop ताजा

अव्यवस्थित पार्किङको समस्या समाधानका लागि स्मार्ट पार्किङ : महानगर प्रमुख शाक्य

काठमाडौ असार १, राजधानीको अति व्यस्त क्षेत्र नयाँ सडक र आसपास क्षेत्रमा व्यवस्थित र सर्वसुलभ पार्किङ सेवा दिने उद्देश्यले आजबाट ‘स्मार्ट पार्किङ’ शुरु गरिएको छ । महानगरले ह्विल्स ट्रली  सँगको सहकार्यका शुरु गरेको प्रस्तुत सेवाको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले पिओयस मेसिनबाट क्युआर कोडसहितको बिल प्रिन्ट गरेर सेवा शुभारम्भ गर्नुभएको हो ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्मार्ट पार्किङको शुभारम्भ गर्दै महानगरमा हुने अव्यवस्थित पार्किङको समस्या समाधान हुने विश्वास व्यक्त गर्दै निकट भविष्यमै ‘स्मार्ट पार्किङका लागि अन्य स्थानमा समेत विस्तार गर्दै लैजाने बताउनुभएको छ ।

स्मार्ट पार्किङको अवधारणा अनुरुप गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गर्नुपर्छ । एपले पार्किङ स्पेस भए/नभएको जानकारी दिएसँगै एपबाटै आफूलाई आवश्यक ठाउँ बुक गर्न सकिने यदि बुक गरेको १५ मिनेटभित्र पार्किङ नगरे बुकिङ रद्द हुने स्मार्ट पार्किङ निर्माण र सञ्चालनको जिम्मेवारी पाएको कम्पनी ह्विल्स ट्रलीले जनाएको छ ।

त्यस्तै तत्काललाइ ‘स्मार्ट पार्किङको लागि विशाल बजार र धर्मपथ । असपासका क्षेत्रमा सेवा सञ्चालन गरिएको पछि क्रमस क्षेत्र विस्तार गर्दै लैजाने जनाउँदै कम्पनीले ८०० मोटरसाइकल र ६० वटा गाडी पार्किङ क्षमता रहेको र मोटरसाइकलका लागि एक घण्टाको रु २५ र गाडीका लागि रु ८० शुल्क तोकिएको कम्पनीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू