शुक्रबार, चैत्र १६, २०८०

सरकारको लोकतन्त्रविरोधी गतिविधि विरुद्ध आन्दोलनको विकल्प नभएको सभापति देउवाको जिकिर

काJठमाडौ जेठ १६, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार काठमाडौंमा गरेको सङ्घीयता कार्यान्वयनका चुनौती’ विषयक विशेष अन्तरक्रियामा वोल्दै सरकार चरणबद्ध ढंगले लोकतन्त्रविरोधी गतिविधिमा सक्रिय रहेको बताउँदै सरकारेको रवैया विरुद्ध आन्दोलनको विकल्प नभएको र यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

त्यस्तै सभापति देउवाले सिंहदरबारबाट मात्र सिङ्गो मुलुकको सर्वाङ्गीर्ण विकास हुन नसक्ने बताउँदै सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा लैजानु सकेमात्रै हरेक नेपालीको मुहारमा मुस्कान देखिन सक्ने बताउँनु भएको छ ।

त्यस्तै उहाँले सरकारले बुधबार पेश गरेको बजेट हेर्दा सङ्घीयतालाई बेवास्ता गर्न गरेको धारणा अभिव्यक्त गर्दै सरकार स्थानीयस्तरमा गएको अधिकार केन्द्रीकरण गर्न खोजिरहेको बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा पार्टीका उपसभापति एवं प्रतिष्ठानका अध्यक्ष विमलेन्द्र निधिले वर्तमान सरकारका क्रियाकलाप सङ्घीयताको भावना र मर्म विरोधी भएको प्रस्तुत कार्यक्रममा महामन्त्री पूर्णबहादुर खड्का लगायतले बोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।