शुक्रबार, चैत्र १६, २०८०

मुलुकको समृद्धिका लागि आविष्कारको संस्थागत बहस एक महत्वपूर्ण विकल्प :शाह

काठमाडौ जेठ १०, पछिल्लो समय मुलुकको शैक्षिक जगतमा विद्यमान यावत शैक्षिक अराजकता विरुद्ध आन्दोलनको विकुल फुक्दै आइरहेका नेविसंघ लगायत ११ विद्यार्थी संघको सयुक्त मोर्चाले विशीवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मुलुकको समृद्धिका लागि भन्दै एक वेग्लै किसिमको कार्यक्रमको घोषणा गरेको छ ।

पत्रकार सम्मेलनमा विधार्थी संघसंगठन सम्वद्ध युवा विधार्थी युवा अभियन्ताले मध्ये नेपाल विधार्थी संघका पूर्व उपाध्यक्षसमेत रहेका युवा नेता ऋषिकेश जङ्ग शाहले नारामा मात्र राज्यले मुलुकको समृद्धिको कुरा गरेपनि व्यवाहरमा त्यसको कुनै कार्यान्वयन गर्ने योजना सार्वजनिक गर्न नसकेके बताउँदै अन्तर आत्मादेखिनै मुलुकको समृद्धि चाहने हो भने आविष्कार क्षेत्रमा नयाँ आयाम सिर्जना गर्नु पर्ने बताउँनु भएको छ ।

त्यस्तै हो मुकलुको समृद्धिका लागि आविष्कार क्षेत्रमा नयाँ आयामको आवश्यकतालाइ मनन गर्दै सयुक्त ११ विद्यार्थी संघले आफ्नो पछिल्लो कार्यक्रम अन्र्तगत नेपालमा आविष्कारको संस्थागत बहस’ र यसको कार्यान्वयन आवश्यक रहेको र यहि कार्यक्रम मार्फत मुलुकको समृद्धिको बन्द ढोका खोल्न सकिने अर्जुनदृष्टिको पहिचान गरेको अभिव्यक्ति दिएका छन ।

पत्रकार सम्मेलनका सहभागी प्राय सवै विधार्थी अभियन्ताहरुले राजयले नेपालमा आविष्कारको संस्थागत बहस चलाउँदै उपललब्ध दक्ष जनशक्तिको पहिचान सहित कार्यान्वयनका लागि आवश्यक बजेटको विनियोजन गर्नुपर्नेमा जोड दिएका छन । साथै संघको तर्फबाट प्रस्तावित प्रस्तुत कार्यक्रमलाइ राज्यले किमार्थ नजर अन्दाज गर्न नहुँनेमा जोड दिदै अविस्कार क्षेत्रको मुद्दालाइ राष्ट्रिय बहसको मुद्दा बनाउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र सहित ध्यानाकर्षण समेत गराउँने योजना रहेको र यसवीचमा राज्यले मुलुकको समृद्धि चाहेको हो भने कार्यान्वयन गर्नुपर्ने बताए ।

साथै नेविसंघका पूर्व उपाध्यक्षसमेत रहेका युवा नेता शाहले सरकारले संघको आग्रह नसुनेको अवस्थामा खण्डमा हजारौ विद्यार्थी सडकमा उतार्ने चेतावनी समेत दिनु भएको छ ।  साथै उहाँले शनिवार राजधानीमा नेपालमा आविष्कारको संस्थागत बहस’विषयक कार्यक्रमको खुला बहसको आयोजना गर्दै यसको आवश्यकता औचित्य सार्वजनिक गरिने जानकारी दिएका छन ।

बहसमा नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ, राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन, त्रिविविका प्राडा वैज्ञानिक उदयराज खनाल , डा शेखर गुरुङ, प्राडा अभि सुवेदी, प्राडा खगेन्द्र लुइटेल, प्राडा विद्यानाथ कोइराला, प्राडा गोविन्द भट्टराई, काठमाडौं विश्वविद्यालयका साइन्स एण्ड टेक्नोलोजीका डिन डा ।भोला थापा, बरिष्ठ कलाकर्मी निर शाह, रेखा थापा, कवि तथा साहित्यकार श्रवण मुकारुङ, डा.विष्णु विभु घिमिरे, गायक शिशिर योगी, युवा वैज्ञानिक रामलक्ष्मण रिमाल,आँखा विशेषज्ञ डा.सन्दुक रुहित ,संस्कृति विश्वविद्यालयका वेदान्तका विज्ञ प्राडा श्रीराम अधिकारी लगायत देशका प्रतिष्ठित पत्रकार, इन्जिनियर, कलाकार, साहित्यकारको उपस्थिति हुने जानकारी दिएका छन ।

तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।