मङ्लबार, बैशाख ११, २०८१

१० बुँदे सहमति धोका भएको जिकिर , अनशनरत् नर्सद्वय शेर्पा र बरालको अवस्था गम्भीर

भक्तपुर जेठ ८, भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय (मानव अङ्ग) प्रत्यारोपण केन्द्रमा अनशनमा बसेका नर्सहरुले गत आइतबार साँझ नर्सिङ सङ्घको पहलमा मानव अङ्ग प्रत्यारोपण केन्द्र र अनशनरत नर्सहरुबीच भएको १० बुँदे सहमति धोका भएको जनाउ दिदै आफुहरुको विगत १३ दिन देखि जारी आन्दोलन कायमनै रहेको बताएका छन् ।
यसवीचमा भएको भनिएको १० बुँदे सहमतिमा आफूहरुको कुनै माग सम्बोधन नभएकाले माग सम्बोधन नभएसम्म आन्दोलन र अनशन जारी रहने उनिहरुको जिकिर रहेको थियो ।
 
यसैवीच नेपाल नर्सिङ सङ्घ र नर्सिङ एशोसियशन अफ नेपालले १३ दिनदेखि आमरण अनशनरत् नर्सद्वय दिक्की शेर्पा र जीता बरालको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ । मंगलवार एशोसियशनले पत्रकार सम्मेलनको आयोजना गर्दै अनशनरत नर्सहरुको स्वास्थ्य स्थिति गम्भीर रहेको जानकारी दिदै सङ्घका अध्यक्ष तारा पोखरेलले अनशनमा रहेका दुई जना नर्सको स्वास्थ्यस्थिति गम्भीर हुँदैगर्दा समेत सरकारले माग पूरा गनेतर्फ कुनै चासो नदेखाउँनु सरकारको तर्फबाट भएको हदैसम्मको लापरवाही भएको बताउँनु भएको छ ।
 
त्यस्तै कार्यस्थलमा नर्सको सामाजीक सुरक्षामा समेत समस्या रहेको जानकारी पदनु भएको उक्त पत्रकार सम्मेलनमा नर्सिङ युनियनका अध्यक्ष जानकी केसीले आफूहरुको १० बुँदे माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताइन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।