शुक्रबार, बैशाख १४, २०८१

समस्या देखाउने होइन, समाधान दिने बिज्ञ चाहियो: प्रमुख शाक्य

काठमाडौं जेठ ८, जलबायु परिवर्तनमा फोहोरमैलाले पारेको प्रभाव’ बिषयक एक दिवसीय गोष्ठीमा वोल्दै महानगर प्रमुख बिद्यासुन्दर शाक्यले सहरमा उत्पादन हुने घरेलु फोहोरका कारण जलबायु परिवर्तनमा पुग्ने असर रोक्ने प्रतिवद्धतासहित सहरमा यस्ता समस्या छन् भनेर देखाउनेभन्दा यो समस्याको समाधान यो हो भनेर देखाउने बिज्ञको खाँचो रहेको बताउँनु भएको छ ।

त्यस्तै महानगरको वातावरण व्यवस्थापन बिभागद्दारा आयोजित गोष्ठीमा उहाँले प्रस्तावित विषयमा समाधानको बिकल्प दिने जोकोहीलाई पनि स्वागत गर्दै उपयुक्त सुझावलाई नीतिमा उल्लेख गर्दै बजेट व्यवस्था गरेर कार्यान्वयन गर्ने सार्वजनिक आव्हान समेत गर्नु भएको छ ।

त्यस्तै गोष्ठीमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले सहरी आचरण क्रमशः बनिबनाउ बस्तुको उपभोगमा अभ्यस्त बन्न थालेको छ । प्लाष्टिकजन्य बस्तु मानिसको अभिन्न अङ्ग भइसक्यो । फोहोर मैला व्यवस्थापन भनेको एक पक्षले मात्र काम गरेर व्यवस्थापन हुने होइन । यसको सुधारका लागि व्यक्तिगत आचरण सुधारबाट अघि बढ्नुपर्छ । सहरी समस्या गोलमटोल छन् । समस्या प¥यो भने अरुलाई देखाउने र राम्रो भयो भने आफूले जस लिने अवस्था विद्यमान रहेको बताउँनु भएको छ ।

गोष्ठीमा वातावरणबिद् भुषण तुलाधरले नगरपालिकामा उत्पादन हुने फोहोरले जलबायु परिवर्तनमा पारेको प्रभावका बिषयमा कार्यपत्र प्रस्तुत गर्दै जैबिक जोहोरबाट ३.६ प्रतिशतले हरित गृह ग्याँस उत्सर्जन हुने बताउँदै यसबाट हुने असर कम गराउन व्यक्तिगत तहबाट काम थालनी गर्नुपर्ने धारणा राख्नुभएको थियो । कार्यपत्रमाथि टिप्पणी गर्दै पूर्व वातावरणमन्त्री गणेश शाह र फोहोरमैला व्यवस्थापन केन्द्रका पूर्व महाप्रवन्धक सूर्यमान शाक्यले दायित्व नलिने प्रवृत्ति र आपसी समन्वय बिना काम गर्ने परिपाटीले व्यवस्था बिग्रिएको जिकिर गर्नु भएको थियो ।  त्यस्तै गोष्ठीमा महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने, फोहोरमैला व्यवस्थापन प्राबिधिक सहयोग केन्द्रका पूर्व कानुन अधिकृत दिपेन्द्र ओली लगायत फोहोर व्यवस्थापनमा काम गर्ने निजी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।