शुक्रबार, चैत्र १६, २०८०

काङ्ग्रेसद्वारा पाँचथर घटनाको गम्भीर छानबिन गर्न माग

काठमाडौ जेठ ८, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पाँचथरको मिक्लाजुङ गाउँपालिकाको आरुबोटेमा सोमवार ९ जनाको साम्ूहिक हत्या भएको घटनाको गम्भीर छानविन गर्न सरकारसँग माग गरेको छ । काँग्रेस मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमा काङ्ग्रेसले पाँचथर घटनालाइ गम्भीरतापूर्वक लिँंदै घटनास्थलमा पार्टीका प्रतिनिधि काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बे र पार्टीको पाँचथर जिल्ला सभापति नरेन्द्र केरुङ लिम्बूलाई पाँचथरको मिक्लाजुङ पठाएको छ ।
 
यसैवीच काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जारी गर्नु भएको विज्ञप्तिमा पेशागत हकहित, सुरक्षा एवं न्यूनतम सेवा सुविधाको माग राखी गत वैशाख २७ गतेदेखि अनशनरत नर्सको माग हालसम्म पनि राज्यबाट सम्बोधन गर्ने सवालमा कुनै सम्बोधन नहुनु नहुनु दुःखद् भएको जनाएको छ ।
 
त्यस्तै विज्ञप्तिमार्फत बरालको जीवनरक्षाको प्रमुख दायित्व राज्यको भएको र यसमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । सरकारी पक्ष र अनशनरत पक्षबीच यथाशीघ्र वार्ता गरी संवादका माध्यमबाट पेशागत हकहित र अधिकारसँग सम्बन्धित सबै जायज माग पूरा गर्न सरकारसँग माग गरिएको छ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।