शुक्रबार, चैत्र १६, २०८०

सामुदायिक वनलाइ गुरूयोजना सहित पर्यटकिय केन्द्रको रुपमा विकास गरिने

काठमाडौं बैशाख २२ , नागर्जुन नगरपालिका वडा न.५ स्थित हरिसिद्वि सल्लाघारी सामुदायिक बनलाइ रमणीय पर्यटकिय केन्द्रको रुपमा विकास गुरूयोजना बनाइने भएको छ ।

शनिवार वन उपभोक्ता समूह, सितापाईला हरिसिद्विमा प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठसहित प्रदेश सभा सदस्यहरु माननीय अष्ट लक्ष्मी शाक्य, माननीय केशव पोखरेल, माननीय प्रकाश श्रेष्ठ, नागर्जुन नगरपालिका उपमेयर सुशिला अधिकारी, नागर्जुन नगरपालिका वडा न.४का अध्यक्ष करुण बलामी, नागर्जुन नगरपालिका वडा न ५ का अध्यक्ष महेश रिमाल लगायत सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीवीचको छलफल पछि  सामुदायिक वन विकासको लागि गुरु योजनाको अवधारणा  तयार गरिएको हो ।

त्यस्तै प्रस्तुत योजनाको कार्यारम्भका लागि सासंद क्षेत्र विकासकोष मार्फत सासंद य श्रेष्ठले रू १०,५०,००० विनियोजन भइसकेको जानकारी दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।