शनिबार, बैशाख ८, २०८१

सरकार निरंकुश, एकाधिकारवादी मार्गमा लम्केको आरोप

काठमाडौं जेठ १,  प्रजातान्त्रिक विचार समाजको ११ औं महाधिवेशन जेठ ३ र ४ मा काठमाडौंमा हुने भएको छ । राजधानीमा मंगलवार पत्रकार सम्मेलन गरी समाजका अध्यक्ष डा।केदारनरसिंह केसीले जेठ ३ र ४ मा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय भएको जमाबमरी दिनु भएको हो ।
त्यस्तै पत्रकार सम्मेलनमा समाजले सरकारले संविधानको मर्म विपरित मानवअधिकार आयोग ऐन संशोधन विधेयक,मिडिया काउन्सिल  विधेयक ल्याउँन खोज्नु लाकेतन्त्रको मर्ममाथिको प्रहार भएको टिप्पणी गरेको छ ।

मुलुकमा मौलाउँदै दण्डहीनता भ्रष्टाचार र अनियमिततामा  कार्वाही गर्ने तर्फ सरकारले पहलकमदी लिन नसकेको भन्दै समाजले सरकार गर्नुपर्ने काममा संलग्न नभई निरंकुश, एकाधिकारवादी मार्गमा लम्केको आरोप लगाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।