मङ्लबार, बैशाख ११, २०८१

सरकारले संसदमा पेस गरेको कुनै पनि विधेयक किमार्थ फिर्ता हुन्न : अध्यक्ष प्रचण्ड

काठमाडौ जेठ १४ , संघीय ससंदका प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसले सरकारले नेपाली प्रेस जगत र मानव अधिकार आयोगमागि नियन्त्रण कायम गर्ने अभिष्ट सहित ल्याएको मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकार आयोगसँग सम्बन्धित विधेयक फिर्ता नलिए ससंद बैठक अवरुद्ध गर्ने चेतावनी दिदै गर्दा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले प्रतिपक्षीदल काँग्रेसको चेतावनीलाइ काउण्टर दिदै सरकारले संसदमा पेस गरेको कुनै पनि विधेयक फिर्ता नहुने बताएका छन् ।

सत्तारुढदलका अध्यक्ष एवम पूर्व प्रम समेत रहेका प्रचण्डले सोमवार पत्रकार शहीद कृष्णसेन ‘इच्छुक’ को १७औं स्मृति दिवसका अवसरमा प्रेस संगठन नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रममा वोल्दै यस्तो अभिव्यक्ति दिनु भएको हो ।

कार्यक्रममा वोल्ने क्रममा उहााले सरकारले संसदमा प्रस्तुत गरेको सबै विधेयक किमार्थ फिर्ता हुन्न संसदीय प्रक्रियाबाट पारित हुन्छ । तर विधेयकमा आवश्यक संशोधनको मार्ग भने खुला राखिने उहाँको भनाइ रहेको थियो ।  त्यस्तै कार्यक्रममा सहभागी सरकारका प्रवक्ता एवमे सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संसदमा पेस गरिएका सबै विधेयक संविधान र अन्तर्राष्ट्रिय मान्यता अनुकुल रहेको तर एनजीओ र आईएनजीओबाट परिचालित संघसस्थाले यसको विरोध गरेको बताएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।