शुक्रबार, बैशाख १४, २०८१

सरकारले राष्ट्रपतिलाई राजामहाराजाको जस्तो गरी कार्यकारी राष्ट्र प्रमुखको हैसियत दिएको कांग्रेस संसदीय दलको निष्कर्ष

मेरो सरकार’को सट्टामा ‘नेपाल सरकार’ लेख्न माग गर्दै संशोधन दर्ता गर्ने निर्णय

काठमाडौ बैशाख २२ , संघीय संसदका प्रतिपक्षी दल नेपाली कांग्रेसको शनिबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकले प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिलाई राजामहाराजाको जस्तो गरी कार्यकारी राष्ट्र प्रमुखको हैसियत दिएको ठहर गर्दै सरकारको रवैयाको कटु आलोचना गरेको छ ।

नेकपा अध्यक्ष समेत रहेका केपी ओली नेतृत्वको सरकारको तर्फबाट शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा मा पेश गरेको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा काँग्रेसले राष्ट्रपतिले सम्बोधन गर्दा व्यक्त गरेको ‘मेरो सरकार’को सट्टामा ‘नेपाल सरकार’ लेख्न माग गर्दै संशोधन दर्ता गर्ने निर्णय समेत गरेको छ । यसको लागि काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण र सांसद डा मिनेन्द्र रिजालले सभामुखलाई नीति तथा संशोधनका लागि सूचना पेस गर्ने भएका छन ।

साथै बैठकले सरकारको नीति तथा कार्यक्रमलाई काल्पनिक निबन्ध र झूठको पुलिन्दा भएको बताउँदै सरकारले प्रत्यक्ष वा परोक्षरुपमा राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्न लगाएर कार्यकारी अधिकार दिन त खोजिएको आशंका समेत गरेको छ ।

त्यस्तै गरि वर्तमान सरकारको नीति तथा कार्यक्रममको प्रारुप  आफैमा राजकीय शक्तिलाई केन्द्रीकृत गर्ने ढंगको आरोप सहित सरकारेको यो रवैयाले लोकतान्त्रिक गणतन्त्रलाई बलियो गराई स्थानीय सरकारलाई क्रियाशिल गराउनेभन्दा कमजोर तुल्याउँने काँग्रेसको निष्कर्ष रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।