शुक्रबार, चैत्र १६, २०८०

सरकारको नीति तथा कार्यक्रम आत्मप्रसंम्सा मात्रै : नेता थापा

ललिता निवास जग्गा प्रकरणमा दोषी ठहरिए जुनसुकै सजाय भोग्न पनि आफू तयार : महासचिव पौडेल

काठमाडौ बैशाख २३,  प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिदै नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले ललिता निवास जग्गा प्रकरणको यथार्थ छानबिनका लागि माग गर्दै ललिता निवास जग्गा प्रकरणमा दोषी ठहरिए जुनसुकै सजाय भोग्न पनि आफू तयार रहेको बताउँनुभएको छ ।

त्यस्तै उहाँले सरकारको नीति तथा कार्यक्रम दोहोरो अङ्कको आर्थिक वृद्धि, सहित तीन खम्बे नीतिमा आधारित रहेको बताउँदै प्रस्तुत कार्यक्रमले जनतासँग गरिएको प्रतिबद्धता अनुरुप तीव्र आर्थिक विकास हासिल गर्न योगदान पुग्ने विस्वास व्यक्त गर्नु भएको छ ।

त्यस्तै आजको छलफलमा तर प्रतिपक्षीदल नेपाली काँग्रेसकी सीताकुमारी यादव ले सरकारको नीति र कार्यक्रम झुठको पुलिन्दा मात्र भएको टिप्पणी गदै सरकारको नीति तथा कार्यक्रम कार्यक्रमका लागि कार्यक्रम भएको बताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का रेखा शर्मा, राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्रप्रसाद यादव ,सङ्घीय समाजवादी फोरम नेपालकी सरिता गिरी, नेकपाका शेरबहादुर तामाङ, राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा लगायतले भाग  लिनु भएको थियो ।

यसैवीच छलफलमा भाग लिदै  काँग्रेस नेता गगन थापाले सरकारको मूल नारा ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा परिर्वतन गरेर ‘समृद्ध दमक सुखी केपी ओली’ भन्ने नारा राख्न सुझाव दिएका छन । साथै नेता थापाले सरकारको नीति तथा कार्यक्रम अलमलिएको निबन्ध जस्तो भएको टिप्पणी प्रस्तुत गर्दै सरकारको नीति तथा कार्यक्रम आत्मप्रसंम्सा मात्रै भएको आत्मप्रसंम्साका ४० बुँदा यथार्थ र तथ्यपरक भन्दा कपटपुर्ण, झुटा र भ्रामक भएको दाबी गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।