शनिबार, बैशाख ८, २०८१

समुदाय–प्रहरी साझेदारी कार्यक्रम : सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखन निषेध अभियान शुरु हुँदै

काठमाडौ बैशाख २१, सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ ले व्यवस्था गरेअनुसार नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखनमा निषेध गर्ने भएको छ ।  यसअघि पनि पटकपटक यसकिसिमको अभियान शुरु गरेपनि लक्ष्य अनुरुप सफल हुन नसकेपछि महानगरीय प्रहरी परिसर काठमाडौको पहलकदमीमा वैशाख २९ गतेदेखि पहिलो चरणमा काठमाडौँका ठूला १० अस्पतालमा कार्यान्वयन गर्ने गरी अभियान सञ्चालन गर्ने तयारी रहेको महानगरिय प्रहरी परिसरले जनाएको छ ।

त्यस्तै परिसरले पहिलोचरण अन्र्तगत केन्द्रीय अस्पताल वीरसहित महाराजगञ्जस्थित शिक्षण अस्पताल, कान्तिबाल अस्पताल, प्रसूति गृह, सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, निजामती अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, शहीद गङ्गालाल हृदयरोग उपचार केन्द्र, नेपाल आयुर्वेद अस्पताल र तिलगङ्गा आँखा अस्पतालमा ऐन कार्यान्वयन गरी अस्पतालको १०० मिटरसम्म सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखनमा रोक लगाउँदै सुर्तीजन्य पदार्थ प्रयोग निषेध अभियान शुरु गरिने बताउँदै प्रस्तुत अभियानलाइ क्रमस विस्तार गरिदै लैजाने प्रहरीको तयारी रहेको छ ।

अस्पताल, समुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय तह, स्वास्थ्य संस्था, सामाजिक सङ्घसंस्था, सञ्चारमाध्याम, नागरिक समूहसँगको समन्वयमा असभयान शुरु हुने भएकोले प्रस्तुत अभियान सफल हुने अपेक्षा गरिएको छ । यसैवीच सुर्तीजन्य पदार्थ प्रयोग नियन्त्रणसम्बन्धी अभियान सञ्चालनको लागि शुक्रवार सरोकारवालाबीच भएको छलफल पछि समिति समेत गठन गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।