शुक्रबार, बैशाख ७, २०८१

सनराइज बैंक र बैक अफ चाइना, गान्सु शाखाबीच साझेदारी सम्झौता

सोलुखुम्बु   किन्जा, लिखुपिके गाँउपालिकामा  बैंकिङ्ग इकाई सञ्चालन

काठमाडौं, बैशाख ३१ , सनराइज बैंक लि. तथा बैक अफ चाइना, गान्सु शाखाबीच रणनीतिक साझेदारी सम्झौता भएको छ । चीनको गान्सु प्रान्तले होटल सोल्टी क्राउन प्लाजा, काठमाडौंमा आयोजित कार्यक्रममा गान्सु प्रान्तका गभर्नर टाङ्ग रेनजियान, कृृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री श्री चक्रपाणी खनाल, प्रदेश नं. ३ मुख्य मन्त्री डोरमणि पौडेल तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात् नेपाल तथा चीनका प्रतिष्ठित यी दुई बैंकबीच आपसी सहयोग, समानता तथा दुईपक्षिय हितका कार्य अघि बढाउने सहमति भएको छ । सम्झौता बमोजिम विद्यमान नियम र कानूनको परिधिभित्र रहि सिद्धान्त र आवश्यकताको आधारमा अन्तर्राष्ट्रिय व्यापारको लागि बैंकहरु बीच आवश्यक पर्ने अन्तर सम्बन्ध कायम गर्ने, सन्राइज बैंक लि.को यस अघि नै बैंक अफ चाइना सांघाई शाखामा रहेको खाता मार्फत अन्तर्राष्ट्रिय व्यापार कारोबारको हिसाब राफसाफ गर्ने तथा आयात निर्यात ब्यापारमा संलग्न ग्राहकलाई विभिन्न सुविधा प्रदान गरी ग्राहक सिफारिस गर्ने सम्झौता समेत भएको छ ।

साथै, दुई बैंक वीच आपसी कारोबारको निमित्त नियमित सम्पर्कमा रहन एक छुटै संयुक्त कार्यटोलि बनाउने पनि सहमति भएको छ । सम्झौतापत्रमा सन्राइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा बैंक अफ चाइना गान्सु शाखाका नायब महाप्रवन्धक वाङ्ग झेजुनले हस्ताक्षर गर्नु भएको छ

यसैवीच सनराइज बैकले आफ्ना ग्राहकलाई बैंकिङ्गसेवा, सुविधा उपलब्ध गराउने क्रममा बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ। यसै क्रममा सोलुखुम्बु स्थित किन्जा, लिखुपिके गाँउपालिका, वडा नंं ५ मा बैंकले बैंकिङ्ग इकाई सञ्चालनमा ल्याएको छ । चाँडै नै शाखा विस्तार गर्ने योजनालिई सोमबार आयोजित एक औपचारिक कार्यक्रममा  बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, बैंकका संचालक दिपक नेपाल,लिखुपिल्के गाँउपालिका अध्यक्षश्री डम्बर बहादुर बस्नेतले  सीमित बैंकिङ्ग इकाईको शुभारम्भ गर्नु भएको विज्ञप्तिमा उलेख गरिएको छ ।

बैंकको नयाँ वेबसाइट सार्वजनिक :  त्यस्तै बैकले आफ्नो ग्राहकको सुविधालाई ध्यानमा राख्दै अनलाइन खाता खोल्ने सुविधा बैंक ग्यारेन्टीको लागि अनलाइन आवेदन , प्रतितपत्र , बैंक ग्यारेन्टी प्रमाणीकरण , के्रडिट कार्ड योग्यता जांच , ऋण योग्यता जांच जस्ता विभिन्न सुविधा सहितको परिमार्जित वेबसाइटको शुरु गरेको छ ।  बैकद्दारा जारी विज्ञप्तिमा बैंकका कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले औपचारिक रुपमा शुभारम्भ गर्नुभएको बैंकको नयाँ वेबसाइट www.sunrisebank.com.np   मा प्रस्तुत सेवाको सवै विवरण अपलोड गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930