शुक्रबार, बैशाख ७, २०८१

श्रमिकको हक र अधिकार सुनिश्चित भएमात्र मुलुकको समृद्धि : नेता सिटौला

काठमाडौं वैशाख १८, १३०औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन काङ्ग्रेस र मोरङद्वारा आज आयोजित कार्यक्रममा वोल्दै नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानत व्यवस्था भएको मजदूरको अधिकार कार्यान्वयनको सुनिश्चित हुनुपर्ने बताउनुभएको छ ।

त्यस्तै नेता सिटौलाले श्रमिकको हक र अधिकार सुनिश्चित भएमात्र मुलुकको समृद्धिको परिकल्पना गर्न सकिने बताउँदै सरकारलाई श्रमिकको पक्षमा उभिन आग्रह गर्नुभएको छ ।

कार्यक्रममा काङ्ग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले मुलुकको हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको मजदूरको सम्मान गर्न राज्य चुक्न नहुँने बताउँनु भएको उक्त कार्यक्रममा नेपाल ट्रेड युनियन काङ्ग्रेसका महासचिव ज्योति कोइराला प्रदेश नं १ प्रदेशसभा सदस्य एवं काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्की विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली लगायतले वोल्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930