शुक्रबार, बैशाख ७, २०८१

शहीद पत्रकारको सम्मानमा स्मृतिसभा

काठमाडौ जेठ १३,  नेपाल पत्रकार महासङ्घले पत्रकार कृष्णसेन इच्छुक मारिएको दिन जेठ १३ गते अर्थात आजको दिनलाई शहीद पत्रकारको सम्मानमा स्मृतिसभाको आयोजना गरेको छ ।

महासङ्घ मुख्यालयमा आयोजित प्रस्तुत स्मृतिसभामा बोल्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकार कृष्णसेन इच्छुक लगायतका शहीद पत्रकारको सम्मानमा स्मृति दिवस मनाउने गरेको जानकारी दिदै पत्रकारिता गरेकै कारण मारिएका तथा बेपत्ता पारिएको हुँदा घटनाका दोषीलाई कारवाही नभएसम्म महासङ्घले आवाज उठाइरहने बताउनुभयो ।

त्यस्तै महासङ्घका उपाध्यक्ष विपुल पोख्रेलले पत्रकारलाए आस्थाको रुपमा नभइ पत्रकारको पेशालाई चिन्ने बताउँदै समाचार लेखिएकै कारण मारिएका तथा बेपत्ता परिएका पत्रकारको न्यायका लागि सधैँ लागिरहने बताउँनु भयो ।

नेपालमा द्वन्द्वकालदेखि हालसम्म ३७ पत्रकार मारिएका तथा पाँच जना पत्रकार बेपत्ता बनाइएको जानकारी दिईएको स्मृतिसभामा प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी ओझाले जुनसुकै पृष्ठभूमिमा बनेका सरकार आए पनि पत्रकार त्यसको सिकार बन्नुपरेको बताउँनुभएको थियो ।  कार्यक्रममा पत्रकार नारायण शर्मा ,महासङ्घका पूर्वमहासचिव उजिर मगर लगायतले वोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930