शुक्रबार, बैशाख ७, २०८१

वाङ्मय शताब्दी पुरुष जोशीालाइ जन्म शतवार्षिकीको अवसरमा ससम्मान नगर परिक्रमा गराइयो

संस्कृतिविद् शताब्दी पुरुष जोशी नयाँ पुस्तकका लागि एक खुला पुस्तकालय :कावा प्रम पोखरेल

ललितपुर बैशाख ३० , वाङ्मय शताब्दी पुरुष को जन्मशतवार्षिकीको अवसरमा आज उहाँलाइ ललितपुरको मङ्गलबजारदेखि पुल्चोकको महानगरपालिकासम्म रथमा बसाएर नगर परिक्रमा गराइएको छ । त्यस अवसरमा जोशीद्वारा लिखित पाँच पुस्तक ‘महर्षि यज्ञवल्क्य’, ‘अरनिको, ‘श्वेत चैत्य’, ‘नेदरल्याण्डसमा पहिलो नेपाली’, ‘ललितपुर र कात्तिक नाचको पुष्ठभूमि’का साथै एक सिडी समेतको विमोचन पनि गरिएको थियो ।

त्यस्तै कार्यक्रममा ै ललितपुर महानगरपालिकाले वाङ्मय शताब्दी पुरुष जोशीसंगै सय वर्ष उमेर पुगेका वडा नं ६ बस्ने भाइचा महर्जन, वडा २२ का सीता भण्डारी, वडा १६ का पञ्चमाया बज्राचार्य र वडा ११ का रत्नमान श्रेष्ठलाई समेत सम्मान गरेको थियो ।

कर्यक्रममा कावा प्रधानमन्त्री ईश्वर पोखरेलले संस्कृतिविद् शताब्दी पुरुष जोशी नयाँ पुस्तकका लागि एक खुला पुस्तकालय भएको बताउँदै तीन पटक मदन पुरस्कार विजेता जोशीले नेपालीमा लेख्नुभएका पुस्तक ‘सेतो चैत्य’ र ‘चारुमती’ लाई अङ्ग्रेजीमा रुपान्तरणका साथै तस्बीर अङ्कित हुलाक टिकट प्रकाशन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

त्यस्तै महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन महानगरपालिकाका उपप्रमुख गीता सत्याल ,  काठमाडौं महानगरपालिकाका प्रमसख विद्यासुन्दर शाक्य , नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ , भारतीय राजदूत मञ्जीवसिंह पुरी लगायतले उहाँलाइ शुभकामना दिनु भएको थियो ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930