शुक्रबार, चैत्र १६, २०८०

वाइसिएल र युवा संघको एकतासंगै एक युवा एक रोजगारीको महाअभियान सञ्चालन गर्ने

रामचन्द्र प्रजापति /काठमाडौ बैशाख ३१,    सत्तारुढ दल  नेकपाको युवा संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले संगठनको एकतासँगै एक युवा एक रोजगारीको महाअभियान सञ्चालन गर्ने बताउनुभएको छ ।  जेष्ठ १ गते युवा संघको २९औं स्थापनाको अवसरमा आज संघको केन्द्रीय कार्यालय बुद्धनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पौडेलले मातृ पार्टीले लिएको भ्रष्टाचार विरुद्धको शुन्य सहनशिलताको सिद्धान्तलाई आत्मसात् गर्दै भ्रष्टाचार, सामाजिक विकृति तथा विसंगतिको विरुद्ध देश व्यापी जागरण अभियान सञ्चालन गर्ने बताउनुभएको हो ।

वाइसिएल र युवा संघको एकताको अन्तिम चरणमा रहेको जानकारी गराउँदै उहाँले सम्भवत जेष्ठ ३ गते संगठनको एकताले मुर्त रुप पाउने बताउँदै संगठनको एकतासँगै आफ्ना गतिविधि गाउँ गाउँसम्म पुर्याउने बताउनुभयो । संगठनको एकताका साथमा देशमा भएका विभिन्न प्रकारका विकृति, विसंगती, भ्रष्टाचार, हिंसा, बलात्कार, आतंककारी कृयाकलाप विरुद्धको पहिलो आन्दोलन÷अभियान सञ्चालन गर्ने जानकारी दिदै  अध्यक्ष पौडेलले देशमा करिव ४०।३५ प्रतिशत भन्दा बढी युवाहरुको जनशक्ति भएको देशमा आशा र भरोसाको केन्द्रविन्दुको रुपमा युवा संघ रहेको बताउँदै आगामी दिनमा संघले जनताको आशालाई व्यवहारमा लागु गर्ने गरी सरकारको नीति तथा कार्यक्रममा दृढतापूर्वक युवाहरु परिचालन गर्ने बताउनुभएको छ

त्यस्तै सरकारको नीति तथा कार्यक्रममा युवामैत्री भएको बताउँदै युवाहरुको मागलाई स्थापित गराउन कुनै पनि मुल्य चुकाउन संगठन तयार रहेको समेत बताउनुभयो ।विगतमा समेत हिमाल, पहाड, तराई कोही छैन पराई भन्ने मान्यतालाई आत्मसात् गर्दै संघले नाकाबन्दी, शितलाहर, हावाहुरी पिडित लागयतका कार्यमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै अध्यक्ष पौडेलले युवा संघकै माग अनुसार युवा मन्त्रालय, राष्ट्रिय परिचयपत्र, युवा स्वरोजगार कोष, युवा परिषद, शैक्षिक प्रमाणपत्रका आधारमा ऋण लगायतका असंख्य जनमूखी कार्यहरु गरेको बताउनुभएको छ ।

त्यस्तै स्थापना दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपामा सयौ युवाहरु प्रवेश गर्ने जानकारी दिदै
कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, कार्यवहाक प्रधानमन्त्री इश्वर पोखरेल, महासचिव विष्णु पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।