शनिबार, बैशाख ८, २०८१

लागुऔषधसहित जापानी नागरिक र आठ हजार यूरो मुद्रा सहित सुवेदी पक्राउ

काठमाडौ जेठ २, नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषधसहित आज एक जापानी नागरिकलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट हङकङ हुँदै जापान जान लागेको अवस्थामा लागुऔषधसहित ५६ वर्षीय मिको ताकेनाकालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । महानगरीय प्रहरीका अनुसार विमानस्थलको अन्तर्राष्ट्रिय उडानअघि जाँचका क्रममा ९० ग्राम चरेशसहित ताकेनाकालाई पक्राउ गरिएसंगै आवश्यक अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय चलान गरिएको जनाएको छ ।

यसैवीच प्रहरीले आठ हजार यूरो मुद्रा सहित नेपालीमूलका बेल्जियम नागरिक रामचन्द्र सुवेदीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार निजले लुकाइछिपाइ लैजान लागेको अवस्थामा चितवनको भरतपुर जाने तयारीमा रहेका सुवेदीलाइ अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान टर्मिलनबाट पक्राउ गरेको जनाएको छ । त्यस्तै प्रस्तुत घटनाको सवालमा आवश्यक अनुसन्धानका लागि वरामद गरिएको रकमसहित सुवेदीलाई आजै राजश्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।