बिहिबार, चैत्र १५, २०८०

रु २१ लाख बिगोको मागदावी सहित पूर्वप्रअ खनालविरुद्ध मुद्धा दायर

काठमाडौ जेठ ७,  कपिलवस्तुस्थित समयनाथ माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक थानेश्वर खनाल जैसीलाई रू २१ लाख ३९ हजार ६०५ पैसा चार विगो असुलउपरको मागदावी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा खनालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल भुसाल र विद्यालयका वर्तमान प्रधानाध्यापक गिरिराज गैरेसँगको मिलेमतोमा विद्यालयको सम्पूर्ण क्रियाकलाप तथा सञ्चालनमा लापरवाही गर्दै आएको र विभिन्न निकायबाट आएको रकम हिनामिना गरेको अनुसन्धानको क्रममा पाइएको जनाएको छ ।

महायज्ञमा सङ्कलित रकम तलबभत्ताको रकम लगायतका विभिन्न शिर्षकमा चरम अनियमिता सहित भ्रष्टाचार गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।