शनिबार, बैशाख ८, २०८१

राज्यको नीति र नियति विरुद्ध महासंघ आन्दोलित : महासचिव विष्ट

प्रताप स्मृति पुरस्कार ‘भट्टराई’ र सीतादेवी स्मृति पुरस्कार ‘भण्डारी’ लाई

काठमाडौं बैशाख २९ , नेपाल पत्रकार मञ्चले आइतबार राजधानीमा आयोजना गरेको पत्रकारिता पुरस्कार तथा अग्रज पत्रकार सम्मान कार्यक्रममा २०७५ सालको प्रताप स्मृति पत्रकारिता पुरस्कार र सीतादेवी ढकाल स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकारद्दय चन्द्रमणि भट्टराई र बैकुण्ठ भण्डारीलाई पुरस्कृत गरिएको छ भने अग्रज पत्रकार सम्मानबाट इजहार मिकरानी र पूर्ण महर्जनलाई सम्मान गरिएको छ ।

नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत साइद अल नाक्वीले उक्त पुरस्कार प्रदान गर्नुभएको हो । यी पुरस्कारहरु क्रमशः १५ हजार र २० हजार रुपैयाँ राशीको रहेका छ ।  त्यस्तै पत्रकार सम्मान कार्यक्रमम बोल्दै राजदूत नाक्वीले — लोकतन्त्रमा नागरिकका आवाज आमसञ्चार भएको बताउँदै यसबाटमात्रै शुशासन र पारदर्शिताको अपेक्षा गर्न सकिने अभिमत प्रस्तुत गर्नु भएको छ ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले संविधानको प्रस्तावनमा उल्ल्ेख गरिएको मुल भावना विपरित नेपाली प्रेस जगतमा थि राज्यलेलै यो वा त्यो वहानामा नियन्त्रण गर्न खोजेको र यसैको लागि सरकारले मिडिया काउन्सिल विद्येयकको तर्जुमा गर्दै कार्यान्वयनको तयारी गरेको बताउँदै प्रस्तुत बिधेयक स्वीकृत हुने हो भने कसैले पनि खोजमुलक समाचार लेख्न सक्दैन । त्यसअर्थमा पनि प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि महासंघले सरकारले नेपाली प्रेस जगतमाथि लगाउँदै आएको गिद्धेदृष्टि विरुद्ध आन्दोलित हुनु परेको बताउँदै यसको लागि अन्तराष्ट्रिय मिडिया र संयुक्त राष्ट्र संघको ध्यान आकर्षित गराउने चेतावनी समेत दिनु भएको छ ।

कार्यक्रममा नेपाल टेलिभिजनकी निर्देशक आरती चटौतले मञ्चका अध्यक्ष युवराज युवराज बिद्रोही लगायतले नेपाली प्रेस जगतले पछिल्लो समय झेल्दै आएको समस्याका सवालमा बोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।