शुक्रबार, चैत्र १६, २०८०

राजा महेन्द्रले शुरु गरेको ‘जय नेपाल’ शब्दको प्रयोग बन्द गर्न मन्त्री बास्कोटाको काँग्रेसलाइ चुनौती

काठमाडौं वैशाख २६ ,  वैशाख २० र २३ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका ९ ओटा निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ शब्द प्रयोग गरेकामा कांग्रेसले प्रस्तुत शब्द राजा महाराजाले प्रयोग गर्ने र जननिर्वाचित ससंदमा  सामन्ती शब्दको प्रयोग गर्दै ससंदीय परम्पराको उपहास गरेको भन्दै  देखाएको रवैया आफैमा आपत्ति जनक भएको जनाउ दिएका छन
साथै मन्त्री बाँस्कोटाले नेपाली कांग्रेसलाइ चुनौती दिदै भने तत्कालीन राजा महेन्द्रले शुरु गरेको ‘जय नेपाल’ शब्दको प्रयोग गर्ने अनि राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्यो भन्दैमा होहल्ला गर्ने यो कुन संस्कार हो भन्दै सक्छ भने काँग्रेसले जय नेपालको उच्चारण बन्द गर्न चुनौती दिएका छन् ।

त्यस्तै कांग्रेसका संस्थापक बीपी कोइरालाले चीन भ्रमणकाक्रममा ‘मेरो सरकार’ भनेको दाबी गर्दै शब्द–शब्दका विषयमा नअल्झन कांग्रेसलाई सुझाव दिए ।  विसं २०१७ मा बिपी कोइरालाको दुई तिहाइको सरकार अपदस्थ भएर लोकतन्त्र सिध्याइसकेपछि राजा महेन्द्रले जय नेपाल शब्द प्रयोग गरेका थिए । त्यो शब्द महेन्द्रले प्रयोग गरेको हो । जुन शब्द काङ्ग्रेसले बोकेर हिँडेकाले के काङ्ग्रेसलाई महेन्द्रको जय नेपालवादी हो भन्ने प्रश्न गर्दै राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रयोग गरेको ‘मेरो सरकार’ शब्दावलीका विषयमा प्रतिपक्षले अतिरञ्जित तरिकाले उठाएको उहाँको भनाइ रहेको थियो ।

त्यस्तै पत्रकार सम्मेलनमा सञ्चारकर्मीले उठान गरेका पश्नको जवाफ दिदै मन्त्री बाँस्कोटाले देशभर अतिक्रमण भएका सरकारी जग्गा सरकारको स्वामित्वमा ल्याएरै छाड्ने बताए ।

यस्तो   छ पत्रकार सम्मेलनमा मार्फत सार्वजनिक गरिएको ९बुँदे निर्णय   

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।