शुक्रबार, चैत्र १६, २०८०

राजधानीमा भएको विस्फोटमा विप्लव समूहको संलग्नता, सुरक्षा मजबुत बनाउन गृहको निर्देशन

समाचार अपडेट : 

विस्फोटक पदार्थसहित विप्लव समूहका सात कार्यकर्ता  पक्राउ

काठमाडौ जेठ १२,  प्रहरीले आज अपरान्ह भएको तीन जनाको ज्यान जाने गरी भएको विस्फोटनको घटनाको पछिल्लो अनुसन्धानको क्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको जनाउँदै अनुसान्धानको क्रममा अनाम नगर सुकेधारा दुवै ठाउँमा भएको विस्फोटन विप्लव समूहले नै गराएको बताएको छ ।  यसअघि ग्यास सिलिण्डर विस्फोट भएको भनिएपनि दुवै ठाउँमा सिलिण्डर विस्फोटको कुनै प्रमाण नभेटिएको जनाउँदै थप अनुसन्धान अझै जारी रहेको जनाएको छ ।

स्मरण रहोस, अनामनगर घट्टेकुलोको सङ्गम गल्लीमा भएको विस्फोटमा १ र सुकेधारामा भएको विस्फोटमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुकेधारा विस्फोटनको क्रममा घटनास्थलमा १ जना र उपचारको क्रममा १जनाको ओम अस्पतालमा निधन भएको छ । त्यस्तै घट्टेकुलो विस्फोटनको क्रममा घटनास्थलमा १ जनाको मृत्यु भएको छ ।

त्यस्तै अहिलेसम्म घाइते भएका छमध्ये चार मध्ये विप्लव समूहका विद्यार्थी नेता रबिन केसी सहित कपनका हरि खड्का, बूढानीलकण्ठका सुरेन्द्र महर्जन, महोत्तरी घर भएका छोटु ठाकुर रहेका छन भने थ िदुइ जना घाएतेको नाम वतन पहिचना हुन नसकेको प्रहरीले जनाएको छ ।

यसैवीच राजधानीको अति व्यस्त दुइ अलगअलग स्थानमा आज अपरान्ह भएको वम विस्फोटनको घटना पछि आकस्मिक रुपमा गृह मन्त्रालयमा बसेका सुरक्षा समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापाले काठमाडौ उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनु भएको गृह मन्त्रालयले जनाएको छ ।

बैठकमा गृह सचिव पेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रजिअ सहभागी रहेको बताईएको छ ।

यसैवीच प्रहरीले कोटेश्वरबाट विस्फोटक पदार्थसहित विप्लव समूहका सात कार्यकर्तालाई पक्राउ गरेको छ । साथै प्रहरीले राजधानीको दुइ अलग अलग स्थानमा भएको विस्फोटनको घटनापछि जारी राखेको अनुसन्धान संगै विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका विप्लव समूहबाट विभिन्न पर्चा लगायत विस्फोटक सामाग्री समेत वरामद गरेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।