शुक्रबार, चैत्र १६, २०८०

राजधानीमा भएको बम विस्फोट र मानव जीवनको क्षतिप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं जेठ १२ , प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आएतवार अपरान्ह राजधानीको विभिन्न स्थानमा भएको बम विस्फोट र त्यहाँबाट भएको मानव जीवनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरी नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकासमा सबै थरी शक्ति ऐक्यबद्ध ढङ्गले अघि बढ्नुपर्ने बेला यस्ता घटना हुनुले आम जनतालाई त्रसित बनाएको जिकिर गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा लामो हिंसाबाट जर्जर भएर बल्ल शान्तिको सास फेरिरहेको नेपालमा पछिल्ला घट��ाक्रमहरुबाट अन्तत कसैको विजय नहुने विषयप्रति गम्भीर बन्न राज्य र विद्रोही पक्ष दुवैलाई सचेत बन्न आग्रह गर्दै हिंसाको राजनीति परित्याग गर्न विद्रोही नेकपालाई र निषेधको राजनीति परित्याग गरी समाधान खोज्न सत्तारूढ नेकपा नेतृत्वको सरकारलाई आग्रह समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।