शनिबार, बैशाख ८, २०८१

राजधानीमा प्रेस स्वतन्त्रताका लागि ऐक्यबद्धता -याली

 काठमाडौ बैशाख १८, नेपाल पत्रकार महासङ्घले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता आज राजधानीमा -याली’ को आयोजना गरेको छ । बबरमहलबाट शुरू भएको _याली बिजुलीबजार हुँदै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

  -यालीमा  महासंघ केन्द्रीय समितिका पदाधिकारी  उपत्यका प्रदेश  समितिका पदाधिकारी  महासंघ काठमाडौं ललितपुर भक्तपुर र काठमाडौं शाखा आव४ पदाधिकारी एवम् सदस्य त्यस्तैगरि सञ्चार सम्बद्ध  संघसंस्था  अध्यक्ष तथा प्रतिनिधी  लगायत  विभिन्न सञ्चारमाध्यममा  कार्यरत  सहभागीहरू सञ्चारकर्मी ले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हामी सबैको ऐक्यबद्धता’, ‘प्रेस स्तन्त्रता कायम गर’ लेखिएका प्लेकार्ड तथा व्याननर प्रदर्शन गरेका थिए ।

कोणसभालाइ सञ्चार सम्बद्ध विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधी क्रमस प्रेस यूनियनका अध्यक्ष बद्रि सिग्देल , प्रेस सोसाइटीका संयोजक केशव अर्याल , क्रान्तिकारी संगठन नेपालका अध्यक्ष बाबुराम भुषाल , डब्लुडब्लुजे की अध्यक्ष अम्बिका राजथला , सञ्चारिका समुहकी उपाध्यक्ष कमला पन्थी, क्रन्तिकारी पत्रकार संघका अध्यक्ष इन्द्र राउत , लोकतान्त्रिक छापामाध्यमका अध्यक्ष दामोदरप्रसाद दवाडी, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल, प्रगतिशिल पत्रकार संघका अध्यक्ष नारायण शर्मा , जनजाति पत्रकार संघका अध्यक्ष डण्ड गुरुङ तथा रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमला लगायतले सम्बोधन गर्दै पछिल्लो समय यो वा त्यो नाममा नेपाली प्रेसमाथि बढ्दो आक्रमणको निन्दा गर्दै प्रेस स्वतन्त्रताको सुनिश्चिताको माग गरेको थियो । कोणसभामा पत्रकार जितेन्द्र्र महर्जनलाई महासंघले सम्मानीत गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।