बिहिबार, बैशाख १३, २०८१

राजधानीबाट विप्लव समूहका विद्यार्थी नेता ढकाल पक्राउ

काठमाडौ बैशाख २७,  राज्यद्दारा विध्वंसात्मक क्रियाकलापमा संल्गन रहेको भन्दै अपराधी समूह घोषित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका विद्यार्थी नेता चिरञ्जीवी ढकाललाई आज राजधानीको अनामनगरबाट प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष समेत रहेका ढकाललाई आज अनामनगरमा भएको एक कार्यक्रममा सरिक भएका बेला पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जनाएको छ ।
। महानगरीय प्रहरी परिसरका अनुसार काठमाडौँ जिल्लाबाट अहिलेसम्म विप्लव समूहका ४३ जनालाई नियन्त्रणमा लिइसेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।