शुक्रबार, चैत्र १६, २०८०

राजधानीको माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध

काठमाडौं बैशाख ३०,  प्रदेश नं ३ को चौथो वर्षे अधिवेशनको पहिलो बैठक प्रभावित भएको छ ।   बैठकमा राजधानीको विषयमा टुङ्गो लगाउँन माग गर्दै प्रतिपक्षी दलले बैठक अवरुद्ध गरेसंगै बैठक प्रभावित भएको हो । बैठकमा प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले सरकारले हिउँदे अधिवेशनमा नै राजधानीको विषय टुङ्ग्याउने बचन दिए पनि व्यवहारमा लागू नगरिएको भन्दै आक्रोश व्यक्त गर्दै बैठकमा प्रदेशको राजधानीको विषय प्रवेश नगराएसम्म संसद् अवरुद्ध गरिने बताउँनु भएको हो ।

त्यस्तै बैठकमा आफ्नो धारणा राख्ने क्रममा सत्तापक्षका उपनेता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले राजधानी तोक्ने सवालमा संसद् अवरुद्ध गरेर समस्याको हल नहुने र यसले द्वन्द्वमात्र निम्त्याउने बताउँदै प्रस्तुत विषयमा सहमतिमा नै टुङ्ग्याइनु पर्नेे बताउनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।