शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ कर्मचारीको बढ्दो तलबमान (बजेटको पूर्णपाठ सहित)

काठमाडौं जेठ १५ , केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७६र७७ को बजेट सार्वजनिक गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नु भएको हो ।  सरकारद्दारा प्रस्तुत बजेटमा आगामी साउन १ बाट लागु हुने गरि कर्मचारीको तलब बृद्धि गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बजेट भाषणमा राजपत्रांकितको तलबमा १८ प्रतिशतले बृद्धि गरेको जानकारी दिनु भएको हो ।

  • स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत् प्रत्येक सांसदलाई ६ करोड रुपैयाँ
  • ७० वर्षमाथिका ज्येष्ठ नागरिकले पाउँदै आएको मासिक दुई हजारमा एक हजार रुपैयाँ बृद्धि
  • एकल महिला , लोपोन्मुख जातिले पाउँदै आएको सामाजिक सुरक्षामा पनि एक हजार रुपैयाँ बृद्धि

बजेट वक्त्व्य मार्फत वृद्धि भएको कर्मचारी तवलमान अनुरुप अधिकृतदेखि माथिका कर्मचारीको तबल १८ प्रतिशतले र राजपत्र अंनकितको र अधिकृतभन्दा तल्लो तहका कर्मचारीको तलब २० प्रतिशतले बृद्धि भएको उद्घोष गरिएको छ । कर्मचारीलाई विगतको बर्षमा दिइएको १० हजार पोशाक भत्ता यथावत राखिएको छ ।

त्यस्तै बजेटमा यसअघि सरकारले प्रतिबद्धता जनाउँदै आएको सामाजिक सुरक्षा कोषमा समेत वृद्धि गरेको छ । जसअनुसार अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकले पाउँदै आएको मासिक दुई हजारमा एक हजार रुपैयाँ बृद्धि गरिएको छ  भने एकल महिला , लोपोन्मुख जातिले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता पनि एक हजारका दरले बढाएको छ । त्यस्तै गरि सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत् प्रत्येक सांसदलाई ६ करोड रुपैयाँ उपलब्ध गराउने आजको वजेट वक्त्व्यमार्फत घोषण गरेको छ ।

बजेटको पूर्णपाठ  पढ्न यहाँ क्लिक गर्नोस्

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।